रुपन्देही–२ मा तत्कालका लागि गुरुङको उम्मेदवारी कायम
नेपालबहस संवाददाता
असोज ३०, २०७९ सोमबार ०:५६:६
३० असोज, काठमाडौं । सर्वोच्च अदालतले रुपन्देही २ मा तत्कालका लागि राजु गुरुङको उम्मेदवारी कायम राख्न आदेश गरेको छ । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न सर्वोच्च अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले गुरुङको उम्मेदवारी खारेजी गर्ने निर्वाचन अधिकृत कार्यालयको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएपछि गुरुङको उम्मेदवारी हाललाई कायम रहेको छ । निर्वाचन अधिकृतको कार्यालयले रुपन्देही २ ले उम्मेदवार गुरुङ संलग्न कम्पनी कालोसूचीमा रहेको भन्दै प्रतिनिधिसभा सदस्यको उम्मेदवारी खारेज गरिदिएको थियो ।
निर्वाचन आयोग र उम्मेदवार गुरुङलाई छलफलका लागि सर्वोच्चले बोलाएको छ । तत्कालका लागि गुरुङको उम्मेदवारी कायमै रहेको छ । रुपन्देही २ बाट नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पनि चुनावी मैदानमा छन् । गुरुङको उम्मेदवारी कायम नरहँदा पौडेलको जित सुनिश्चत जस्तै बनोको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
विपदमा क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न एक खर्ब एक अर्ब लाग्ने अनुमान
पुष २९, २०८१ सोमबार
नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश दिने
पुष २९, २०८१ सोमबार
यी हुन् राष्ट्रपतिले जारी गरेका चार अध्यादेश
पुष २९, २०८१ सोमबार
अस्पतालको पहिचान सेवाको गुणस्तरका आधारमा हुनुपर्छः स्वास्थ्यमन्त्री पौडेल
पुष २९, २०८१ सोमबार
पदाधिकारी बैठक स्थगित गरी सुकुटे पुगे प्रचण्ड
पुष २९, २०८१ सोमबार