निर्वाचनमा अर्कालाई होच्याएर प्रचार गरे कानूनअनुसार कारवाहीः आयोग
नेपालबहस संवाददाता
असोज ३१, २०७९ सोमबार १६:२१:४३
३१ असोज, काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका क्रममा उम्मेदवार वा अरु कसैले पनि एकअर्कालाई होच्याएर वा गालीगलौज गर्ने खालको प्रचारप्रसार भएको पाइएमा कानूनअनुसार कारवाही गर्ने जनाएको छ ।
निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्न उमेदवारहरूलाई आग्रह गर्दै निर्वाचन आयोगले पालन नगरे तत्काल कारवाही गर्ने चेतावनी पनि दिएको छ । राजनीतिक दलका उमेदवार तथा स्वतन्त्र उमेदवारले चुनाव प्रचारप्रसार गरेको उजुरी परेसँगै आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सचेत गराउँदै कारवाहीको चेतावनी दिएको हो ।
आयोगले आचारसंहिताअनुसार कात्तिक १८ गतेदेखि मात्रै प्रचारप्रसार गर्न पाइने बताएको छ । यसपछि उमेदवारले घरदैलो कार्यक्रम गर्न पाउने र त्यसमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने प्रावधानलाई पनि पालना गर्न अयोगले दलहरुलाई निर्देशन दिएको छ ।
प्रचारप्रसारमा जाँदा ठूलो तडकभडक पनि गर्न नपाइने र बाजागाजा र नाचगान जस्ता कुरापनि बन्देज गरिएको जनाइएको छ । घरदैलोमा तामझाम र बाजागाजा गर्नु पनि आचारसंहिता विपरित हुने आयोगको भनाई छ । आचारसंहिताको परिधिभित्र बसेर कानुनी सजाय नपाउनेगरी घरदैलो गर्न आयोगले दलहरुलाई सुझाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
विपदमा क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न एक खर्ब एक अर्ब लाग्ने अनुमान
पुष २९, २०८१ सोमबार
नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश दिने
पुष २९, २०८१ सोमबार
यी हुन् राष्ट्रपतिले जारी गरेका चार अध्यादेश
पुष २९, २०८१ सोमबार
अस्पतालको पहिचान सेवाको गुणस्तरका आधारमा हुनुपर्छः स्वास्थ्यमन्त्री पौडेल
पुष २९, २०८१ सोमबार
पदाधिकारी बैठक स्थगित गरी सुकुटे पुगे प्रचण्ड
पुष २९, २०८१ सोमबार