काठमाडौंका दुई क्षेत्रमा त्रिपक्षीय भिडन्त, काम लागेन गठबन्धनका शीर्षको उर्दी
नेपालबहस संवाददाता
असोज ३१, २०७९ सोमबार १७:१६:१८
३१ असोज, काठमाडौं । अगामी मंसिर ४ मा हुने प्रदश र प्रतिनिधिसभाको निर्वाचनमा सत्ता गठबन्धन दलका शीर्ष नेताले देशभर गठबन्धन सहजरुपमा अगाडी बढिरहेको बताएपनि संघीय राजधानी रहेको काठमाडौंकै दुई वटा निर्वाचन क्षेत्रमा गठबन्धनको उर्दी लागु हुन सकेको छैन् । अहिलेसम्म पनि गठबन्धनका शीर्ष नेताहरुले काठमाडौं क्षेत्र न. ३ र क्षेत्र नं १० मा आफ्ना उम्मेदवारहरुलाई मिलाउन सकेका छैनन् ।
काठमाडौंका यी क्षेत्रमा मित्रवत प्रतिस्पर्धा पनि छैन् । गठबन्धनका उम्मेदवारकाबीचमा हाना थापा चलिरहँदा स्वातन्त्रबाट उठेकाहरुलाई फाइदा पुगिरहेको छ । क्षेत्र न. १० र ३ मा चर्किएको विवाद मिलाउन गठबन्धनका शीर्ष नेताहरु नलागेका होइनन् । तर, उनीहरुको भनाई अहिलेसम्म पनि कार्यन्वयनमा आउन सकेको देखिदैन् ।
गठबन्धनका उम्मेदवारबीचको प्रतिस्पर्धाले काठमााडौं क्षेत्र न. ३ मा एमाले उम्मेदवार कृष्णबहादुर राईलाई थप फाइदा पुग्ने देखिदै गएको छ । राई यसअघिको निर्वाचनमा पनि यसै क्षेत्रबाट निर्वाचत भएका थिए । हाललाई हेर्दा क्षेत्र नं. ३ त्रिपक्षीय भीडन्त हुन सक्ने देखिन्छ । तर, यहाँ पनि अन्य दल र स्वतन्त्र उम्मेदवारको कमी छैन् । यो क्षेत्रमा नेकपा एमालेका कृष्णबहादुर राई, नेपाली कांग्रेसका सन्तोष चालिसे र नेकपा माओवादी केन्द्रका बद्रीप्रसाद बजगाईं उम्मेदवार छन् ।
राई यही क्षेत्रबाट निर्वाचित निवर्तमान सांसद् पनि दहुन् । उनले गत निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवारी दिएर कांग्रेसकी अम्बिका बस्नेतलाई पराजित गरेका थिए । त्यसबेला राईले १९ हजार १६९ मत पाएका थिए भने कांग्रेसकी बस्नेतले १४ हजार ८८४ मत ल्याएकी थिइन् । कांग्रेस उम्मेदवार चालिसेलाई गठबन्धनमै रहँदा पनि नतिजा हात पार्न कठिन हुने अवस्थामा अहिले त्रिपक्षीय भिडन्त भइरहेको छ ।
यस्तै काठमाडौं क्षेत्र नं. १० मा त्रिपक्षीय भीडन्त छ, नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको । यहाँ कांग्रेसले राजन केसी, एमालेले हिमेश केसी र माओवादी केन्द्रले अञ्जना बिशंखेलाई उम्मेदवार बनाएका छन् । मुख्य प्रतिस्पर्धा यी नै उम्मेदवारहरूबीच हुन सक्ने देखिन्छ । तर, यहाँबाट प्रतिनिधिसभा सदस्यका लागि १५ राजनीतिक दल र तीन जना स्वतन्त्र उम्मेदवार गरी १८ जनाको उम्मेदवारी छ ।
कांग्रेस उम्मेदवार केसी कांग्रेस केन्द्रीय सदस्य हुन् भने माओवादी केन्द्रकी उम्मेदवार बिशंखे स्थायी समिति सदस्य हुन् । एमालेका युवा नेता केसी पनि स्थानीय युवामाझ लोकप्रिय मानिन्छन् । तर, यो क्षेत्रमा विगतदेखि कांग्रेसले जित्दै आएको छ । २०७४ मा एमाले माओवादी गठबन्धन हुँदा पनि केसी विजयी भएका थिए ।
०७४ मा यहाँबाट केसीले बाम गठबन्धनका उम्मेदवार हितमान शाक्यलाई पराजित गरेका थिए । केसीले २४ हजार १९० मत ल्याउँदा शाक्यले २१ हजार ९०७ मत पाएका थिए । त्यसअघि ०७० मा पनि केसीले नै जितेका थिए । त्यो बेला केसीसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नै चुनाव हारेका थिए । तर, यसपटक भने क्षेत्रको माहोल फेरिएको एमाले र माओवादी नेताहरूको भनाइ छ ।
यो क्षेत्रमा दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकाका दस वडा (२, ३, ४, ५, ६, ७, ८, ९, १० र ११) यस क्षेत्रमा पर्दछन् । स्थानीय तह निर्वाचनमा भने यी तीनवटै स्थानीय तह नेपाली कांग्रेसले जितेको छ । यी नगरपालिकामा एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो छन् । अहिले कांग्रेसमा धरै असन्तुष्टि देखिएको छ । अर्कोतर्फ धेरै जना स्वतन्त्र उम्मेदवार पनि रहेका छन् ।
काठमाडौंमा मात्र गठबन्धनको निर्देशन मेचीदेखि महाकालीसम्म नै पालना भएको देखिदैन । सुदूरपश्चिममा पनि उस्तै टकराव छ । कतिपय क्षेत्रमा नेकपा एसले गठबन्धन नमान्ने भन्दै आफ्ना उम्मेदवारहरु उठाएको छ भने माओवादी भित्रै पनि असन्तुष्टि चुलिएर आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
माघे संक्रान्ती अर्थात माघीको मेन्यु, हाम्रो स्वास्थ्यमा कस्तो प्रभाव पार्छ ?
पुष २९, २०८१ सोमबार
विपदमा क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न एक खर्ब एक अर्ब लाग्ने अनुमान
पुष २९, २०८१ सोमबार
नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश दिने
पुष २९, २०८१ सोमबार
यी हुन् राष्ट्रपतिले जारी गरेका चार अध्यादेश
पुष २९, २०८१ सोमबार
अस्पतालको पहिचान सेवाको गुणस्तरका आधारमा हुनुपर्छः स्वास्थ्यमन्त्री पौडेल
पुष २९, २०८१ सोमबार