कांग्रेसमा दुई पक्ष भिडेर केही प्राप्त हुँदैन, एकत्रित भएर निर्वाचनमा लाग्नूसः कोइराला
नेपालबहस संवाददाता
असोज ३१, २०७९ सोमबार १८:११:५२
३१ असोज, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले अहिले कांग्रेसभित्र भिडेर बस्ने समय नभएको भन्दै सबै नेता र कार्यकर्ता डटेर प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा लाग्न आग्रह गरेका छन् । उनले यतिबेला कांग्रेस सभापति शेरबहादुर देउवा र शेखर कोइरालाले यसो गरे उसो गरे भनेर विरोधमा लाग्ने समय नभएको बताएका छन् ।
मोरङको हरैंचामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता कोइरालाले कांग्रेसका नेता तथा कार्यकर्तालाई पुराना रिस र द्वोष भुलेर निर्वाचनमा एकत्रित हुन आग्रह गर्दै अहिलेका लागि कांग्रेसमा सबै विषय मिलिसकेको बताए । उनले आफु र सभापतिकाबीचमा पनि मेलमिलाप भइसकेकाले कार्यकर्ता तहमा झगडा गर्न आवश्यक नरहेको बताए ।
वरिष्ठ नेता कोइरालाले सभापति शेरबहादुर देउवा र आफू मिलिसकेकाले कार्यकर्तालाई विवाद नगर्न आग्रह गरे । उनले भने, ‘स्थानीय निर्वाचनमा के भयो, महाधिवेशनमा के भयो, त्यो तुषलाई तपाईंहरु सबैले त्याग्नुस् । त्यो तुष मैले पनि त्यागीसकें । तपाईंहरुले किन नत्याग्ने ?।’
१४ औं महाधिवेशनमा सभापतिका लागि देउवा र आफू पक्षधर तलैबाट लड्दै केन्द्रसम्म प्रतिस्पर्धा गरेको भन्दै उनले भने,‘जब शेरबहादुर देउवा जी र म नै मिलिसकेपछि वडामा तपाईंहरु किन झगडा गर्नुहुन्छ ?’ कार्यकर्तालाई उनले प्रश्न गरे, ‘किन झगडा गर्नुभएको छ, मैले बुझ्न सकेको छैन ।’
कोइरालाले प्रतिस्पर्धा तलदेखि देउवासँग आफुले गरेको र अहिले त्यो लडाइँ समाप्त भइसकेकाले अब सबै कांग्रेसीहरु एक भएर चुनावमा होमिनुपर्ने बताए । अहिलेको अवस्थामा आपसी झगडाले कांग्रेसलाई फाइदा नहुने उनको भनाइछ । उनले सबैलाई पुराना कुरा विर्सनुपर्नेमा जोड दिए ।
कोइरालाले भने, ‘ अहिले शेरबहादुर देउवा र म एकै ठाउँमा उभिएका छौं । पटक–पटक शेरबहादुर जीसँग मैले भेटिरहेको छु । उहाँले मेरा कुरा पनि सुनिरहनु भएको छ । मेरो कुरा मानिरहनुभएको छ । के भयो के भएन त्यो कुरा पछि गरौँला । हामी मिलेपछि तपाईंहरु तल लडिरहनु हुँदैन । अब मिलेर जानुपर्छ ।’
तल्लो तहमा कार्यकर्ताबीच अझै पनि भइरहेको आन्तरिक झगडालाई आाफुले किने हो भनेर बुझरन नसकेको उनले बताए । उनलेभने,‘ मैले बुझिरहेको छैन, केको लागि हो तपाइहरु लडिरहनुभएको छ । यो लडाइको फाइदा अरुले उठाइरहेका छन् । दुई पक्षका कार्यकर्ता एकापसमा भिडेर केही पनि प्राप्त हुँदैन । नलडौ, मिलेर जाउँ । तपाइहरु मिल्नुभयो भने त्यसको असर केन्द्रमा पनि पर्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
विपदमा क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न एक खर्ब एक अर्ब लाग्ने अनुमान
पुष २९, २०८१ सोमबार
नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश दिने
पुष २९, २०८१ सोमबार
यी हुन् राष्ट्रपतिले जारी गरेका चार अध्यादेश
पुष २९, २०८१ सोमबार
अस्पतालको पहिचान सेवाको गुणस्तरका आधारमा हुनुपर्छः स्वास्थ्यमन्त्री पौडेल
पुष २९, २०८१ सोमबार
पदाधिकारी बैठक स्थगित गरी सुकुटे पुगे प्रचण्ड
पुष २९, २०८१ सोमबार