पहिले आपराधिक घटना न्युनिकरणतिर ध्यान दिउँ, पेन्सन अवधि घटाउँलाः गृहमन्त्री
नेपालबहस संवाददाता
असोज ३१, २०७९ सोमबार १९:४५:२७
३१ असोज, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले बर्सेनि बढिरहेका अपराधिक घटना नेपाल प्रहरीका लागि चुनौतिको विषय बन्दै गएको बताएका छन् । उनले अपराधन्युनिकरणमा नेपाल प्रहरीको भूमिका सकारात्मक रहेपनि उचित प्रविधिको विकास र प्रयोग गर्न नसक्दा सामाजिक अपराधले स्वरुप परिवर्तन गर्दै गएको बतएका छन् ।
६७ औं प्रहरी दिवसको अवसरमा गृहमन्त्री खाँणले प्रहरी बलका जवानहरुको पेन्सन अवधि १६ वर्ष कायम गर्न सरकार सकारात्मक रहेको अश्वासन दिँदै उनले प्रहरीले पहिले बर्सेनि आपराधिक घटना बढिरहेकाले सुरक्षा चुनौती थपिएको तर्फ पनि ध्यान पुर्याउनुपर्ने बताए । उनले विश्वमा नै बर्सेनि आपराधिक घटना बढिरहेको र यसको चुनौती नेपालमा पनि बढ्दै गएको दावी गरे ।
खाँणले प्रहरी जवानहरुलाई प्रोत्साहित गर्न सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकहरुसँग पेन्सन अवधि घटाउनेबारे छलफल भइरहेको जानकारी गराए । यो निर्णयपछि सिपाहीहरुले निश्चित अवधि संगठनमा उत्साहित भएर काम गरेर बाँकी समय उर्जाशील रहँदै अन्य क्षेत्रमा काम गर्न सक्ने खाँणले बताए । हाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानहरुले सेवा सुरु गरेको २० वर्षपछि मात्रै पेन्सन पाउने व्यवस्था छ ।
नेपाली सेनामा २९ पुस २०७७ मा नै पेन्सन अवधि १६ वर्ष बनाउने सर्तसहितको निर्णय भइसकेको छ । जसअनुसार १६ वर्षमा पेन्सन लिएर स्वेच्छिक अवकाश रोज्न सकिने भए पनि सुविधा चाहिँ २० वर्षपछि मात्रै लिन पाइने उल्लेख थियो । राज्यलाई आर्थिक भार बढ्ने भन्दै पहिले पटकपटक गरिएको प्रस्ताव अर्थ मन्त्रालयले फर्काइदिने गरेको थियो । त्यसपछि मध्यमार्गी बाटो निकालेर पेन्सन अवधि घटाउने निर्णय भएको थियो ।
गृहमन्त्री खाँणले प्रहरीमा तल्लो दर्जाका कर्मचारीको मनोबल बढाउन विभिन्न प्रयासहरु भएको बताए । ‘तल्लो तहमा दर्जा थपेर मनोबल बढाउनेदेखि शान्ति मिसनमा सहभागीको बाटो खोल्ने विषयसम्म छलफलमा छन’, खाँणले भने । उनले सीमित स्रोत, साधनका बीच प्रहरीले उत्कृष्ट कार्यसम्पादन गरिरहेको बताए ।
मन्त्री खाँणले काभ्रेको पनौतीमा प्रहरीका लागि अन्तर्राष्ट्रिय स्तरको तालिम केन्द्र बनिरहेको बताउँदै तीन वर्षभित्र नेपालमै सुरक्षाकर्मीले अन्तर्राष्ट्रिय तहको तालिम प्राप्त गर्न सक्ने बताए । संसारभरि नै प्रविधिमा नयाँ आयाम थपिएकाले यसबाट प्रहरीलाई पनि चुनौती बढेको खाँणले औंल्याए ।
उनले विश्वमा अहिले नयाँ किसिमका अपराधिक गतिविधिहरु हुन थालेको भन्दै विज्ञान र प्रविधिलाई उच्चतम प्रयोग गरेर अपराधिक क्रियाकलापहरुको नियन्त्रण गर्न जरुरी रहेको दावी गरे । नेपाल प्रहरीले पनि आपराधिक घटनालाई रोक्न विभिन्न विज्ञान, प्रविधिको प्रयोग गरिरहेको उनको भनाइ छ । गृहमन्त्री खाँणले नेपाल प्रहरीको क्षमता अभिवृद्धि गर्न र अपराध नियन्त्रणमा सघाउन सरकार सदैव प्रतिबद्ध रहेको र नेपाल प्रहरीले पनि सोही अनुसार गर्नुपर्ने बताए ।
गृहमन्त्री खाँणले काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा नेपाल प्रहरीको लागि प्रहरी प्रशिक्षण केन्द्र निर्माण कार्य भइरहेको भन्दै तालिम केन्द्र निर्माणपछि अन्तर्राष्ट्रिय स्तरको तालिम केन्द्रले नेपालका प्रहरीलाई उच्चस्तरीय तालिम नेपालमा नै उपलब्ध गराउन र क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । गृहमन्त्री खाँणले गत वर्ष सरकारले प्रहरी जवानहरुको क्षमता विकासका लागि विभिन्न कार्यक्रम र योजना अघि सारेको दावी गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
विपदमा क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न एक खर्ब एक अर्ब लाग्ने अनुमान
पुष २९, २०८१ सोमबार
नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश दिने
पुष २९, २०८१ सोमबार
यी हुन् राष्ट्रपतिले जारी गरेका चार अध्यादेश
पुष २९, २०८१ सोमबार
अस्पतालको पहिचान सेवाको गुणस्तरका आधारमा हुनुपर्छः स्वास्थ्यमन्त्री पौडेल
पुष २९, २०८१ सोमबार
पदाधिकारी बैठक स्थगित गरी सुकुटे पुगे प्रचण्ड
पुष २९, २०८१ सोमबार