सिराहामा प्रहरी र स्थानीयबीच झडप, स्थिति नियन्त्रणमा लिन दर्जनौं राउण्ड अश्रुग्यास प्रहार
नेपालबहस संवाददाता
असोज ३१, २०७९ सोमबार २१:४४:२०
३१ असोज, सिरहा । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैयामा स्थानीयवासी र प्रहरीबीच झडप भएको छ । हत्या आरोप समातिएकालाई प्रहरीले कुटपिट गरेको भन्दै स्थानीय नाराजुलुससहित राजमार्गमा चक्काजाममा उत्रिएपछि झडप भएको हो ।
मिर्चैया नगरपालिका–१ रामपुर बिर्ताकी ६२ वर्षीया गुबदीदेवी साह हलुवाईको हत्या अनुसन्धानका क्रममा उनकै बुहारी जिबछीदेवी साहलाई प्रहरीले नियन्त्रणमा लिई अमानविय तरिकाले कुटपिट गरेको भन्दै विरोधस्वरुप स्थानीयले सोमबार मध्याह्ननदेखि चक्काजाम गरेका हुन् ।
आक्रोशित स्थानीयले दोषी प्रहरीलाई कार्वाहीको माग गर्दै इलाका प्रहरी कार्यालय घेराउ गरी नारा लगाएका थिए । प्रहरीले चक्काजाम खोलाउन दर्जनौं राउण्ड अश्रुग्यास प्रहार गरेको छ । सो क्रममा करिब आधादर्जन प्रहरी पनि घाइते भएका छन् । एक जना प्रहरीको टाउको फुटेकाले उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी हरि ओलीले बताए ।
गुबदीदेवी साह हलुईको शव १५ असोजमा कर्जन्हा नगरपालिका–११ भलुखोला छेउको उखुघारीमा भेटिएको थियो। उनको अघिल्लै दिन हत्या गरी फालिएको हुन सक्ने अनुमान छ । अघिल्लै दिन खेत रुङ्न गएकी गुबदी नफर्केपछि भोलिपल्ट बुहारी जीबछी र गुबदीकी छोरी ललिता खोज्न जाँदा खेत नजिकै उखुबारीमा शब भेटिएको हो । ललिताको घर पनि प्रयागपुरमै भएकाले छोरी कै घरमा राति बस्यो होला भनेर भोलिपल्ट बिहान ललितालाई फोन गरी बुझ्दा नआएको भनेपछि खोज्न थालिएको परिवारको भनाइ छ ।
पोष्टमार्टमपछि उनको दहासंस्कार गरी १३ दिनको किरिया सकिएपछि सोही घटनाको अनुसन्धानको क्रममा मृतककी बुहारी जिबछी देवी साहलाई शुक्रबार इलाका प्रहरी कार्यालय मिर्चैया ल्याइएकको थियो । प्रहरी कार्यालयले अनुसन्धानको नाममा महिलामाथि अनैतिक तरिकाले कुटपीट गरेको आरोप छ । जीबछीले लगेकै रातिदेखि पाइपले कुट्ने, कपाल झ्यालमा बाँधेर पैतालामा पाईले हानेको बताएकी छिन् । उनले भनिन्, ‘पाइपले मुखमा हानेर स्टिच गर्नु पर्ने अवस्थामा पुर्याए, पाइले कति हाने त्यसको गन्ती नै छैन ।’
उनको शरीरको विभिन्न भागमा पाईप तथा लाठिले कुटपीट गरेको नीलडाम रहेको स्थानीय गंगाराम साहले बताए । उनले भने, ‘१५ असोजमा शब भेटियो, पोष्टमार्टमपछि दहासंस्कार भयो । १३ दिनको काम सकिएपछि बुहारीलाई शनिबार प्रहरीले पक्राउ गरी ल्यायो, मरन्नासन अवस्थामा पुर्याएको छ ।’
इलाका प्रहरी कार्यालय प्रमुख डीएसपी हरि ओलीले अनुसन्धानको क्रममा ल्याएको र सोधपुछपछि हिजै छोडे पनि आज बिहान हुलसहित प्रहरी कार्यालय घेरा हाल्न आएको बताए । उनले सो क्रममा भिड नियन्त्रण गर्न केही सेल आश्रुग्यास प्रहार भएको जनाए ।
सडक खुलेपछि स्थानीय र प्रहरी प्रशासनबीच वार्ता भइरहेको स्थानीय रामनारायण ठाकुरले जानकारी दिए । घटनाको छानबिन गर्ने समिति निर्माण गर्ने विषयमा छलफल भएको बताइएको छ । महिलाको हाल प्राथमिक स्वास्थ्य केन्द्र मिर्चैयामा उपचार भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
माघे संक्रान्ती अर्थात माघीको मेन्यु, हाम्रो स्वास्थ्यमा कस्तो प्रभाव पार्छ ?
पुष २९, २०८१ सोमबार
विपदमा क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न एक खर्ब एक अर्ब लाग्ने अनुमान
पुष २९, २०८१ सोमबार
नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश दिने
पुष २९, २०८१ सोमबार
यी हुन् राष्ट्रपतिले जारी गरेका चार अध्यादेश
पुष २९, २०८१ सोमबार
अस्पतालको पहिचान सेवाको गुणस्तरका आधारमा हुनुपर्छः स्वास्थ्यमन्त्री पौडेल
पुष २९, २०८१ सोमबार