स्थानीय तहमा चुनाव हारेका ४ सय ३९ जना समानुपातिक उम्मेदवार !
नेपालबहस संवाददाता
असोज ३१, २०७९ सोमबार २२:११:५४
३१ असोज, काठमाडौं । लामो समयदेखि पार्टीमा लागेर पनि टिकट नपाएको भन्दै प्राय सबै पार्टीभित्र चर्को असन्तुष्टि बढिरहेका बेला निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा पराजित भएका ४ सय ३९ जना समानुपातिक सूचीमा परेको विवरण सार्वजनिक गरेको छ । त्यसमा पनि खर्च विवरण नबुझाएर आयोगको कालोसूचीमा परेकाहरुको संख्या मात्रै हो यो ।
मूख्य राजनीतिनक दलमा बर्षौदेखि लागेर पनि प्रत्यक्ष वा समानुपातिक कुनै पनि सीट नपाएको भन्दै असन्तुष्टि जनाउनेहरुको संख्या धेरै भएको अवस्थामा आयोगले स्थानीय तहको निर्वाचनमा आफुले गरेको खर्चको विवरण नबुझाउने हरुवा उम्मेदवारहरुको लिष्ट सार्वजनिक गरेपछि दलहरुको वास्तविकतासमेत उदाङ्गिएको छ ।
एक पटक अवसर पाएर पनि फेरी उनीहरुलाई नै माथिल्लो तहमा तन्ने दलहरुको अभियानभित्र आर्थिक चलखेल लुकेको अनुमान धेरैले गरेका छन् । आर्थिक चलखेलबाट समानुपातिकमा परेका यस्ता उम्मेदवारहरुबाट आयोग जरिवाना उठाउने तयारी गरेको छ । यस्ता हरुवालाई समानुपातिकमा राख्दा दलहरुले आर्थिक लाभ लिएको अनुमान गरिएको छ ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको खर्च विवरण समयमै नबुझाएर कारबाही सूचीमा परेका नेताहरूले जरिवाना नबुझाए समानुपातिक उम्मेदवारको बन्द सूचीबाट नाम हटाउने चेतावनी दिएको छ । आयोगका अनुसार स्थानीय तह निर्वाचनमा उम्मेदवार भएका र कानुनबमोजिम समयमै खर्चको विवरण नबुझाएका ४३९ जना नेताहरू आसन्न निर्वाचनको समानुपातिक बन्द सूचीमा परेका छन् ।
उनीहरुले स्थानीय तह चुनावमा भएको खर्च विवरण नबुझाएको आयोगको भनाइ छ । आयोगले कानुनबमोजिम तोकिएको जरिवाना नतिरे उनीहरूले उम्मेदवार बन्न नपाउने र कानुनबमोजिम समानुपातिक बन्द सूचीबाट नाम हटाउने चेतावनीसमेत दिएको छ । आयोगले बन्द सूचीमा नाम रहेका उम्मेदवारहरूलाई कात्तिक ५ गतेभित्र जरिवाना बुझाउन समय तोकिएको छ ।
निर्वाचन आयोगले ०७९ कात्तिक ५ गते कार्यालय समयभित्र बुझाए जरिवाना असुलउपर भएको कायम गरी कानुनबमोजिम गर्ने र जरिवानाबापतको रकम नबुझाउने उम्मेदवारहरूको हकमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट नाम हटाउने निर्णय गरेको जनाएको छ ।
आयोगले चुनाव खर्चको विवरण नबुझाउने एक लाख २३ हजार ६२४ जना उम्मेदवारलाई जरिवाना तोकेको थियो । स्थानीय चुनावमा उम्मेदवार भएकामध्ये ८० प्रतिशतले निर्वाचन खर्चको विवरण बुझाएका छैनन् । कानुनअनुसार चुनाव खर्च नबुझाएमा महानगरपालिकाका प्रमुख÷उपप्रमुखलाई सात लाख ५० हजार, वडाध्यक्ष र सदस्यहरूलाई तीन लाख तोकिएको छ ।
यस्तै उपमहानगरपालिकाका प्रमुख÷उपप्रमुखलाई पाँच लाख ५० हजार, वडाध्यक्ष र सदस्यहरूलाई दुई लाख ५० हजार, नगरपालिकाका प्रमुख÷उपप्रमुखलाई चार लाख ५० हजार, वडाध्यक्ष र सदस्यहरूलाई दुई लाख र गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्षलाई तीन लाख ५० हजार तथा वडाध्यक्ष र सदस्यहरूलाई एक लाख ५० हजार रुपैयाँ जरिवाना लाग्ने व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
माघे संक्रान्ती अर्थात माघीको मेन्यु, हाम्रो स्वास्थ्यमा कस्तो प्रभाव पार्छ ?
पुष २९, २०८१ सोमबार
विपदमा क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न एक खर्ब एक अर्ब लाग्ने अनुमान
पुष २९, २०८१ सोमबार
नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश दिने
पुष २९, २०८१ सोमबार
यी हुन् राष्ट्रपतिले जारी गरेका चार अध्यादेश
पुष २९, २०८१ सोमबार
अस्पतालको पहिचान सेवाको गुणस्तरका आधारमा हुनुपर्छः स्वास्थ्यमन्त्री पौडेल
पुष २९, २०८१ सोमबार