आयोगले बनायो ५०३ थरीका मतपत्र, प्रत्यक्षमा रातो र समानुपातिकमा कालो चुनाव चिह्न
नेपालबहस संवाददाता
कात्तिक १, २०७९ मंगलबार १६:४१:२०
१ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुनगइरहेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाच्नका लागि ५ सय ३ प्रकारका मत डिजाइन गरेको छ । आयोगले डिजाइन गरी छपाएका ५०३ प्रकारका मतपत्र आगामी निर्वाच्नमा प्रयोगमा आउने छन् ।
आयोगका अनुसार प्रत्यक्षतर्फ प्रतिनिधिसभाका १ सय ६५ र प्रदेशसभाका ३ सय ३० क्षेत्रका फरकफरक मतपत्र रहनेछन् । समानुपातिकतर्फ प्रतिनिधिसभाको देशभर एउटै र सात प्रदेशका लागि सात थरी मतपत्र तयार पारिएका छन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तीन वटा प्रदेशमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी सम्पन्न भएको छ ।
निर्वाचन आयोगका अनुसार दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर र काठमाडौं जिल्लामा मतपत्र ढुवानी भएको छ । प्रदेश १, मधेस र बागमती प्रदेशका सबै जिल्लाका सबै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भइसकेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड २२ लाख २५ हजार मतपत्र ढुवानी भएको आयोगले जनाएको छ ।
प्रदेश सभातर्फ एक करोड १४ लाख ९९ हजार तथा प्रतिनिधिसभाका लागि एक करोड सात लाख २६ हजार मतपत्र रहेका छन् । राजनीतिक दलले ०७४ को निर्वाचनमा समानुपातिकतर्फ पाएको मतका आधारमा मतपत्रमा चिह्नको क्रम राखिएको छ । प्रदेशको मतपत्रमा प्रदेशमा समानुपातिकमा प्राप्त मत संख्यालाई आधार बनाइएको छ । निर्वाचन आयोगले प्रदेशअनुसार फरकफरक मतपत्रको ढाँचा बनाई छापिरहेको छ ।
समानुपातिकका लागि ४ करोड मतपत्र छपाइसकेको र प्रत्यक्षतर्फको मतपत्र छपाइ जारी रहेको आयोगले जनाएको छ । आयोगका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशसभाका लागि समानुपातिक मतपत्र उम्मेदवारको बन्दसूची बुझाउने दलको मात्रै चिह्न राखेर छापिएको छ । अन्य प्रदेशको समानुपतिकतर्फको मतपत्र भने दल दर्ताका लागि निवेदन दिएको आधारमा छापिएको छ । मतपत्रको कागज सेतो भएपनि प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ रातो र समानुपातिकतर्फ कालो रङको चुनाव चिह्न हुने आयोगको भनाइ छ ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ मतपत्रको पहिलो लहरको सुरुमा एमालेको सूर्य चिह्न रहेको छ । यही लहरको दोस्रोमा कांग्रेसको रूख चिह्न, तेस्रोमा माओवादीको गोलाकारभित्र हँसिया हथौडा, चौथोमा जनता समाजवादी पार्टीको ढल्केको छाता र पाँचौंमा राप्रपाको निर्वाचन चिह्न हलो राखिएको छ । प्रतिनिधिसभाको मतपत्रमा ४८ प्रकारको निर्वाचन चिह्न राखिएको छ ।
सुदूरपश्चिम प्रदेशसभा सदस्यको समानुपातिक मतपत्रको पहिलो लहरको सुरुमा कांग्रेस, दोस्रोमा एमाले र तेस्रोमा माओवादीको चिह्न छ । एकीकृत समाजवादीको कलम चिह्न दोस्रो लहरको पहिलो स्थानमा छ । कर्णालीको प्रदेशसभा सदस्यको समानुपातिकतर्फ पहिलो लहरको सुरुमा सूर्य र दोस्रोमा रूख चिह्न राखिएको छ । एकीकृत समाजवादीको कलम चिह्न पहिलो लहरको अन्तिममा छ । मतपत्रको एउटा लहरमा बढीमा ५ वटा निर्वाचन चिह्न रहेका छन् ।
आउँदो निर्वाचनमा सबैभन्दा कम दुईवटा चिह्न भएको मतपत्र छापिएको छ । प्रदेशसभाका ५ वटा क्षेत्रमा दुई जनाको मात्रै उम्मेदवारी कायम भएकाले त्यहीअनुसार मतपत्र छापिएको हो । प्रतिनिधिसभामा सबैभन्दा कम चिह्न भएका हुम्ला र मनाङ रहेका छन् । त्यहाँका लागि तीनवटा चिह्न भएको मतपत्र छापिएको छ । प्रत्यक्षतर्फ प्रदेशमा सबैभन्दा बढी रौतहट १ (१) मा ३० वटा र प्रतिनिधिसभातर्फ काठमाडौं–१ मा ३२ वटा चिह्न भएको मतपत्र छापिँदै छ ।
आयोगका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ६१ वटा दलले भाग लिएका छन् भने समानुपातिकतर्फ ४७ दलको सहभागिता छ । प्रदेशमा प्रत्यक्षतर्फ सबैभन्दा बढी वाग्मतीमा ४१ दलले भाग लिएका छन् । समानुपातिकमा सबैभन्दा बढी मधेसमा ३७ दल रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
माघे संक्रान्ती अर्थात माघीको मेन्यु, हाम्रो स्वास्थ्यमा कस्तो प्रभाव पार्छ ?
पुष २९, २०८१ सोमबार
विपदमा क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न एक खर्ब एक अर्ब लाग्ने अनुमान
पुष २९, २०८१ सोमबार
नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश दिने
पुष २९, २०८१ सोमबार
यी हुन् राष्ट्रपतिले जारी गरेका चार अध्यादेश
पुष २९, २०८१ सोमबार
अस्पतालको पहिचान सेवाको गुणस्तरका आधारमा हुनुपर्छः स्वास्थ्यमन्त्री पौडेल
पुष २९, २०८१ सोमबार