आयोजक डेंगीको संक्रमणमा परेपछि क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २१ कात्तिकमा सारियो
नेपालबहस संवाददाता
कात्तिक १, २०७९ मंगलबार १६:५४:३४
१ कात्तिक, काठमाडौं । क्वालिटी फिल्मस्ले आयोजना गर्न लागेको दोस्रो संस्करणको ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७९’ आगामी २१ कातिकमा हुने भएको छ । राजधानीको जमलस्थित राष्ट्रिय नाँचघरमा हुने अवार्डका लागि आयोजकले गत भदौमा मनोनयन सार्वजनिक गरिसकेका छन् ।
यो अवार्ड असोजको पहिलो साता आयोजना गर्ने तयारीमा थियो । तर आयोजक नै डेंगीको संक्रमणमा परेपछि अवार्डलाई २१ कात्तिकमा पुर्याइएको हो ।
फिल्मस्का अध्यक्ष उमेश गुरुङका अनुसार कोरोनाको महामारी पछि सुस्ताएको नेपाली गीत संगीत तथा चलचित्र उद्योगलाई माथि उठाउन दुई वर्ष अघिबाट क्वालिटी इन्टरटेनमेन्ट अवार्डको आयोजना थालिएको हो । २०७८ बैशाखदेखि २०७९ भदौको पहिलो सातासम्म रिलिज भएका गीतहरुबाट उत्कृष्ट पाँचको मनोनयन निर्णयक समितिले यस अघि नै छनोट गरेर सार्वजनिक गरिसकेको छ ।
गुरुङका अनुसार यसपटक विभिन्न ४० विधामा यो अवार्ड प्रदान गरिने भएको छ । चलचित्र, गीत, संगीत, म्युजिक भिडियो, फेशन तथा मोडलिङका विभिन्न विधामा यो अवार्ड प्रदान गरिने भएको छ ।
अवार्ड समारोहमा यसपटक दिका गुरुङलाई लाईफ टाईम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिने छ । तीन दशकभन्दा लामो समयदेखि ध्वानी सम्पादकको रुपमा सक्रिय रहेका कारण उनलाई लाईफ टाईम एचिभमेन्ट अवार्ड प्रदान गर्न लागिएको पनि अध्यक्ष गुरुङले बताए । यस्तै यो वर्ष क्वालिटी इन्टरटेनमेन्ट पत्रकारिता पुरस्कार राजधानी दैनिकका कला पत्रकार डब्बु क्षत्रीलाई प्रदान गरिने पनि उनले जानकारी गराए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार
स्थानीय तह उपनिर्वाचन: आज रातिदेखि मौन अवधि सुरु हुँदै
मंसिर १३, २०८१ बिहिबार
मकवानपुरमा साबेल प्रहार गरी साथीको हत्या
मंसिर १३, २०८१ बिहिबार