चुनावी घरदैलोमा स्याङ्जा कांग्रेसः आफु निर्वाचित भएपछिको पहिलो काम भष्ट्राचारको अन्त्य– उपसभापति धनराज गुरुङ
नेपालबहस संवाददाता
कात्तिक १, २०७९ मंगलबार १७:५०:२
१ कात्तिक, स्याङ्जा । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति तथा स्याङ्जाकाे संघीय निर्वाचन क्षेत्र नम्वर २ का उम्मेदवार धनराज गुरुङले भष्ट्राचार प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन् ।
चुनावी घरदैलो तथा वालिङ १२ र १३ मा आयोजना गरिएको चुनावी भेलालाई सम्बोधन गर्दै उपसभापति गुरुङ्ले भष्ट्राचारको अन्त्य नभएसम्म दिगो विकास सम्भव नहुने बताएका हुन् । भष्ट्राचार बिरुद्धको अभियान चलाउँदै आएका उपसभापति गुरुङ्ले आफु निर्वाचित भएपछिकाे पहिलो काम भष्ट्राचार अन्त्यको लागि हुने दावी गरे ।
जनताको रगत र पसिना चुसेर हिड्ने जनप्रतिनिधिलाई बहिस्कार गर्नुपर्ने बताउँदै उपसभापति गुरुङ्ले विगतमा भोट हालेर पठाएका जनप्रतिनिधिको समिक्षा गर्नुपर्ने बेला आएको बताए । मुलुकमा भष्ट्राचार रोक्न सके विदेश पलायनदेखि झुपडीमा बसेका जनताले सामान्य औषधि सिटामोल खानलाई समस्या नहुने बताए । जनताको घरदैलोमा पहिलो पटक भोट माग्न आएको बताउँदै उपसभापति गुरुङ्ले समग्र स्याङ्जाको विकास गर्न एकपटक नेपाली कांग्रेसलाई बिजयी गराउन मतदातासँग आग्रह गरे ।
उक्त कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा प्रदेश (क) उम्मेदवार भोजराज अर्यालले जनताका ठुला समस्या भन्दा साना समस्यामा जोड दिनुपर्ने बेला आएको बताए । यो प्रदेशको सुन्दरताको पहिचान गर्दै यहाँका जनताको गरीबी हटाउन नेपाली कांग्रेसलाई मतदान गर्न अनुरोध गरे । आफुले ढाटेर भोट नमाग्ने बताउँदै अर्यालले यो प्रदेशको विकासका लागि सदैव लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
संघीय निर्वाचन क्षेत्र नम्वर २ को प्रदेश (क) को संयुक्त चुनावीसभा र घरदैलो कार्यक्रम आजबाट शुरु गरिएको छ । वालिङ १२ र १३ नम्वर जनतालाई साची राखेर नेपाली कांग्रेसले यो अभियानलाई अगाडी बढाएको नेपाली कांग्रेसले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
न्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार
देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु
पुष २७, २०८१ शनिबार
कजाकस्तानले तेल उद्योगलाई प्रदूषणको लागि जरिवाना
पुष २७, २०८१ शनिबार
पृथ्वीजयन्ती : राप्रपाको चियापनमा कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार