व्यवस्था जोगाउन गठबन्धन आवश्यक छ : सहमहामन्त्री उपाध्याय
नेपालबहस संवाददाता
कात्तिक १, २०७९ मंगलबार २०:१५:३
१ कात्तिक, मकवानपुर । प्रतिनिधिसभा क्षेत्र नं. १ की सत्तारुढ गठबन्धनतर्फकी उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डीना’ले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान जोगाउन लोकतान्त्रिक बाम गठबन्धन कायम राखिएको बताएकी छन् ।
नेपाली कांग्रेसकी केन्द्रीय सहमहामन्त्री समेत रहेकी आज बिहान हेटौँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यायाले भनिन्, ‘जसले यो संविधान अपनत्व गर्दै हस्ताक्षर गरेको छैन, त्यस्ता शक्तिले लोकतन्त्र बचाउँछु भन्नु भ्रम हो ।’
उनले आफू पहिलोपटक पूर्वी मकवानपुरको भूगोलमा उम्मेदवार भएपनि पूर्वी मकवानपुरको विकासमा उल्लेख्य बजेट पहिलादेखि नै व्यवस्था गर्दै आएको बताइन् ।
कार्यक्रममा नेपाली कांग्रेसका बागमती प्रदेश सभापति एवं सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नं-२ ‘ख’ का उम्मेदवार इन्द्रबहादुर बानियाँले संविधान र व्यवस्थाको रक्षाका लागि सत्ता गठबन्धनले जित्नुपर्ने बताए । उनले मकवानपुरको समग्र विकासका लागि गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गरे ।
मकवानपुरमा सत्तारुढ गठबन्धन, नेकपा एमाले तथा अन्य राजनीतिक दलका उम्मेदवारले विभिन्न कार्यक्रमसाथ चुनावी गतिविधिलाई तीव्रता दिएका छन् । स्वतन्त्र रुपमा उम्मेदवारहरुले पनि चुनावी प्रचारप्रसारको कार्य तीव्र पारेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
जसपा नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा
पुष २४, २०८१ बुधबार
बैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला
पुष २४, २०८१ बुधबार
बज्राचार्य गुरूबाट सेतो मछिन्द्रनाथको महास्नान
पुष २४, २०८१ बुधबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार