शान्ति सम्झौता भएकै दिन रुख र हसिया हथौडामा एकअर्काले छाप लगाएकाे हाे : प्रचण्ड
नेपालबहस संवाददाता
कात्तिक १, २०७९ मंगलबार २२:१२:४६
१ कात्तिक, काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएकै दिन रुख र हसिया हथौडामा एक अर्काले छाप लगाउने काम भएको बताएका छन् ।
वाम–लोकतान्त्रिक गठबन्धनले आज ललितपुरमा आयोजना गरेको गठबन्धनमा आवद्ध दलहरुको निर्वाचन परिचालन कार्यक्रममा सहभागी अगुवा कार्यकर्ताहरु सहभागी भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कांग्रेस र कम्युनिस्ट मिलेर विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि सामान्ती राजन्त्रको अन्त्य भएको बताउँदै वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई निर्धक्कसँग भोट हाल्न आग्रह गरे ।
‘नेपाली कांग्रेस र कम्युनिस्ट नमिलेको भए पञ्चायती निरंकुशता ढल्ने थिएन । हामीले देखे भोगेको र सहभागी भएकै विषय हो’, अध्यक्ष प्रचण्डले भने, ‘कांग्रेस र कम्युनिस्ट मिलेर नै विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि औपचारिक प्रक्रिया शुरु भएको हो । जुन दिन शान्ति सम्झौतामा हस्ताक्षर गरियो त्यही दिन रुख र हसिया हथौडामा एक अर्काले छाप लगाएको हो ।’
निर्वाचनमा प्रष्टरुपमा दुई वटा गठबन्धन रहेको उल्लेख गर्दै उनले ती गठबन्धनको मुख्य कुरा के हो भन्ने जनतालाई बुझाउन सहभागीहरुलाई निर्देशन दिए । उनले प्रतिगमनको खतरा कायम रहँदासम्म गठबन्धनलाई पूर्णरुपमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेकाले आगामी निर्वाचनलाई सामान्यरुपमा लिन नहुने बताए ।
उनले विस्तृत शान्ति सम्झौता, संविधानसभाबाट संविधान हुँदै अगाडि बढेको नेपालको राजनीतिक परिवर्तनको प्रक्रियालाई अगाडि बढाउन पनि गठबन्धन अत्यावश्यक रहेको बताए । ‘यो सामान्य खालको चुनाव होइन, यो एउटा पार्टीले जित्ने र हार्ने भन्ने मात्रै छैन । यहाँ परिवर्तन र जनताले जित्ने कि प्रतिगमन र जनविरोधीले जित्ने भन्ने कुरा हो’ उनले भने । केपी ओली नेतृत्वको गठबन्धनलाई जनविरोधी र प्रतिगमनका पक्षधरहरुको गठबन्धन भएको आरोप लगाए ।
उनले भने, ‘अर्को गठबन्धन र हाम्रो गठबन्धन कस्तो छ भन्ने कुरा प्रष्ट छ । संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रको रक्षा, समावेशी समानुपातिक मान्यतासहित संघीयताको रक्षा गर्ने प्रष्ट उद्देश्य छ । हामीले गठबन्धन बनाउँदै गर्दा प्रष्ट नै गरेका थियौ । त्यसमा हामी प्रतिवद्ध छौ ।’ उनले सत्तारुढ गठबन्धनमा रहेका दलका नेता तथा कार्यकर्ताले कुनै दुविधा नराखी एक अर्काको निर्वाचन चिन्हमा खुशी भएर मतदान गर्न समेत आग्रह गरे ।
तत्कालिन सात राजनीतिक दल र माओवादी एक आपसमा नमिलेको भए देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा जान्थ्यो र उनको प्रश्न थियो ।निर्वाचनपछि गठन हुने गठबन्धनको सरकारले आर्थिक विकासको प्रक्रिया तीव्र गतिमा अगाडि बढाउने विश्वास व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
एमाले केन्द्रीय समिति बैठक सुरू
पुष २३, २०८१ मंगलबार
कुखुरा फार्ममा आगलागी हुँदा धनमाल जलेर नष्ट
पुष २३, २०८१ मंगलबार
विश्वकै शक्तिशाली भवन हिम आँधीको चपेटामा [ फोटो फिचर ]
पुष २३, २०८१ मंगलबार
फिल्म 'गेम चेन्जर'को प्रि-रिलिजमा रामचरणका दुई फ्यानको मृत्यु
पुष २३, २०८१ मंगलबार
हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक
पुष २३, २०८१ मंगलबार