कोका–कोलाले ल्यायो वैदेशिक रोजगारीमा गएकालाई चाडबाड मनाउन घर फर्कने व्यवस्था
नेपालबहस संवाददाता
कात्तिक १, २०७९ मंगलबार २३:५६:३८
१ कात्तिक, काठमाडौं । लगभग साँढे ३० लाख नेपालीहरु वैदेशिक रोजगारीको सिलसिलामा नेपाल बाहिर छन् । ती मध्य एकदमै थोरै मात्र हरेक वर्षको दशैंमा घर आउन सक्छन् । एक त कमजोर आर्थिक अवस्था, त्यसमाथि फेरी कोरोना कहरले यस्ता धेरै नेपालीहरु घर फर्कन पाएनन् । नेपालीहरुको महान चाड विजया दशमी तथा दिपावलीको अवसर पारेर कोका–कोला नेपालले यस्तै नेपालीहरुलाई चाडबाड मनाउन घर फर्कने व्यवस्था गरेको छ ।
सम्बन्ध उत्सव स्वादसँग क्याम्पेन अन्तर्गत कोका–कोलाको वैदेशिक रोजगारीको सिलसिलामा कुवेत गएका र धेरै लामो समयसम्म आफ्नो परिवारसँग टाढा रहेका १४ जना नेपाली दाजु–भाई, दिदी–बहिनीहरुलाई नेपाल ल्याएको थियो। वर्षौँदेखि चाहेर बल्ल–बल्ल पुरा भएको उनीहरुको कुवेतदेखि नेपालसम्मको यात्रा, नेपाल फर्किन पाउँदाको उनीहरुको हर्ष, लामो समयपछि आफ्नो परिवारसँग मिलन हुँदाको म्याजिकल पलहरुलाई कैद गरेर कोका–कोलाले एउटा भिडियो पनि बनाएको छ,जसलाई कोका–कोलाको युट्युब च्यानल र सामाजिक सञ्जालहरुमा हेर्न सकिन्छ ।
यसरी घर फर्कन पाउनेहरु मध्य एक हुन् कान्छी माया तामाङ्ग,“११ वर्षदेखि म वैदेशिक रोजगारमा छु । हरेक वर्ष विशेष गरी दशैं र तिहारमा आफ्नो परिवारसँग हुननपाउँदा सार्है पीडा हुन्थ्यो । तर यो वर्ष भने बल्ल म नेपाल आउन पाएको छु र परिवारसँग दशैं–तिहार मनाउन पाएको छु, मेरो खुशीको सीमा नै छैन । ६ वर्षपछि मलाई घर ल्याइदिएकोमा कोका–कोलालाई धेरै–धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु ।”उनले भनिन् ।
क्याम्पेनको बारेमा बोल्दै कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, “कोका–कोला सम्बन्धहरुमा विश्वास गर्छ र खास गरी यस्ता चाडबाडको समयमा सम्बन्धहरुलाई अझै नजिक बनाएर म्याजिक छर्न चाहन्छ । त्यसैले हाम्रो यस वर्षको दशैं थिम पनि सम्बन्ध उत्सव स्वादसँग राखेका छौँ । यसै सन्दर्भमा हामीले विदेशिएका र लामो समयदेखि आफ्नो परिवारबाट टाढा रहेका नेपालीहरुलाई घर आउने व्यवस्था गरेका छौँ । किनभने दशैंको मुख्य आकर्षण भनेको नै आफ्नो नजिकको मान्छेहरुसँग समय बिताउने अवसर हो ।
चाडपर्वको अवसरमा आफ्नो परिवारसँग मिलन गराउन पाएकोमा हामीलाई पनि खुशी लागेको छ । ”सम्बन्ध उत्सव स्वादसँग क्याप्म्पेनको मुख्य उद्धेश्य भनेको उपभोक्ताहरुलाई चाडपर्वको समयमा मीठा–मीठा परिकारहरुसँगै आफ्नो आफन्तजनहरुसँग समय बिताउन र सम्बन्ध मजबुत बनाउनको लागि अभिप्रेरित गर्ने हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार