पुतलीबजारमा लोकतान्त्रिक बाम गठबन्धनको सम्पर्क कार्यालय स्थापना
नेपालबहस संवाददाता
कात्तिक १, २०७९ बुधबार ०:८:४६
♦ भवानी अधिकारी
१ कात्तिक, स्याङ्जा । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै लोकतान्त्रिक बाम गठबन्धनले मंगलवार पुतलीबजार नगरपालिका १ चौकीमा सम्पर्क कार्यालय स्थापना गरेको छ । पुतलीबजार नगरपालिका अन्तरगत चुनावी प्रचारप्रसार एवं सम्पर्क कार्यालय स्थापना गरिएको हो ।
कार्यालयको उदघाटन गर्दे पूर्व सांसद एवं नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति खगेन्द्रराज रेग्मीले दुईतिहाइको मत पाउँदा पनि तत्कालिन प्रधानमन्त्री केपी ओलीले सम्हाल्न नसकेको हुँदा संविधानको रक्षा र देशको विकासका लागि लोकतान्त्रिक बाम गठबन्धननाई मत दिएर विजयी गराउनुपर्ने आवश्यकता रहेको बताए ।
कार्यक्रममा स्याङ्जा कांग्रेसका सभापति एवं प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजु थापाले समग्र स्याङ्जाको विकासका लागि दत्तचित्त भएर लाग्ने बताए । उनले ब्यवस्थित सिद्धार्थ राजमार्ग, आधीखोला हाइड्याम, स्याङ्जा जिल्ला अस्पताललाई एक सय शैयामा स्तारोन्नती, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन लगायत युवा रोजगारका कार्यक्रम संचालन गर्ने बताए ।
गण्डकी प्रदेशसभा ख का उम्मेदवार कुमार राना, क का उम्मेदवार अमृता थापा मगरले गाउँ र स्थानीयका आवश्यकता अनुरुपका विकासका लागि आफुहरु स्थानीयसँग हातेमालो गर्दे अघि बढ्ने बताए । युवा लक्षित कार्यक्रम र विकास संचालन गरेर विदेशिन बाध्य युवाहरुलाई गाउँघरमै अड्याउने वातावरण बनाउनेमा उनीहरुले जोड दिए ।
कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश उपसभापति एवं प्रदेश शिक्षामन्त्री मेखलाल श्रेष्ठ, नेकपा माओवादी केन्द्र जिल्ला इन्चार्ज शैलेन्द्र घिमिरे, युवा नेता दीलिप थापा लगायतले लोकतान्त्रिक बामगठबन्धनलाई बिजयी गराउने अभियानमा सबैजना एकजुट भई लाग्नुपर्ने बताए । नेपाली कांग्रेस स्याङ्जा निर्वाचन क्षेत्र नं. १ को क प्रदेश सभापति केशरबहादुर खाँण (ध्रुव) को सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सचिव मदन वाग्लेले गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार