माओवादीमा एउटै क्षेत्रमा २ जना उम्मेदवार, बाँके क्षेत्र नं. ३ को क मा नयाँ ट्विष्ट
नेपालबहस संवाददाता
कात्तिक १, २०७९ बुधबार १:१९:३४
♦दीपक शर्मा
१ कार्तिक, बाँके । आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन नजिकिदै गर्दा बाँकेको क्षेत्र नं. ३ को (क) नया ट्विष्ट देखापरेको छ । प्रदेशसभा निर्वाचनका लागि गठबन्धनका उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादी पार्टीका नेता दलबहादुर सुनार माओवादी केन्द्रमा प्रवेश गरेसँगै बाँकेको ३ नम्वर क्षेत्र अन्तर्गत क मा माओवादी केन्द्रका २ जना उम्मेदवार एउटै पदका लागि चुनावी मैदानमा उत्रिएको देखापरेको छ ।
यसअघि गठबन्धनका तर्फबाट माओवादी केन्द्रका इन्द्रप्रसाद खरेल चुनावी मैदानमा रहेका छन् । सुनार माओवादी केन्द्रमा प्रवेश गरेसँगै माओवादी भित्र थप विवाद सिर्जना भएको छ । माओवादीमा सुनारको प्रवेशसँगै बाँके प्रदेश सभा ३ को क को कम्युनिष्ट राजनीतिले नयाँ मोड लिएको हो । अहिले माओवादी दुई कित्तामा विभाजन भएको छ । अहिले दुवै जनाको उम्मेवारी कायमै रहेको छ ।
लामो समयसम्म नेकपा एमालेमा राजनीति गरेका सुनार सविधानसभा सदस्य एवं पुर्व राज्यमन्त्री समेत भैसकेका छन् । नेकपा एमालेबाट माधवकुमार नेपालको पार्टीमा जोडिएका सुनार सोमबार नेकपा माओवादी पार्टिमा प्रवेश गरेका हुन । सुनारले प्रतिनिधिसभा क्षेत्र नं. ३ कांग्रेसको भागमा परेपछि उनले प्रदेश सभा क बाट निर्वाचन लडने आकांक्षा राखेर आपनो पार्टीमा टिकटका लागि सक्रिय भएर लागेका थिए तर सो क्षेत्र माओवादीका भागमा परेपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । सो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाका लागि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर चुनावी मैदानमा छन् ।
पार्टीको टिकटमा उम्मेदवारी दिएका उम्मेदवार कायमै रहेको अवस्थामा सोही पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका नेतालाई पार्टीमा प्रवेश गराउँदा माओवादी समर्थक मात्र होइन गठबन्धनका अन्य निर्वाचनको मैदानमा रहेका नेताहरुमा समेत अन्यौलता छाएको छ । यता इन्द्रप्रसाद खरेलले सामाजिक संञ्जालमार्फत आफु गठबन्धनको उम्मेदवार भएको बताएका छन् । एउटै पार्टीका दुईजना नेता एउटै पदका लागि निर्वाचन लडन लागेपछि अब कसलाई कसरी भोट माग्ने ? गठबन्धनका कार्यकर्ता माँझ अन्यौलता कायमै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
स्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाह युद्बबिराम रोक्न सकारात्मक, चाँडै सहमति हुन सक्ने
मंसिर ११, २०८१ मंगलबार