विश्व खाद्य कार्यक्रमको कार्य माथि प्रश्नचिन्ह खडा ! गैह्र बाढीपीडितले राहत पाउँदै, पीडित झनै पीडित
नेपालबहस संवाददाता
कात्तिक २, २०७९ बुधबार १६:५४:५२
♦ दीपक शर्मा
२ कार्तिक बर्दिया । दशैंसँगै दशा लिएर आएको बाढीले प्रभावित बनाएका बर्दियाका बाढीपीडितहरुले अझै पनि राहत पाएका छैनन् । दशैं सुरु भएसँगै आएको अविरल वर्षा र त्यसपछिको डुवानबाट विस्थापित भएका बाढीपीडित नागरिकहरुले राहत नपाएको बताएका हुन । उनीहरूका अनुसार पाउनु पर्नेले भन्दा गैह्रबाढीपीडितहरुले भने नगदसहित राहत सामाग्री समेत पाएका छन् । अविरलको बर्षासँगै बबई नदी, कर्णाली नदी लगायत अन्य साना खोलामा आएको बाढीले हजारौं मानिसलाई विस्थापित बनाएको थियो ।
केही विस्थापित मानिसहरु पुल तथा कालोपत्रे सडकमा हप्तौ दिनसम्म बसे । नदीमा पानीको सतह घटदै गएपछि उनीहरु पुर्नस्थापना भएका थिए । केही संघसंस्थाले जिल्ला प्रशासन कार्यालयको समन्वयमा राहतका सामाग्री उपलव्ध गराएको भन्दै फोटो खिचेर सामाजिक सञ्जालमा राख्ने तथा केही रकम दिएर केही अनलाईन पत्रिकालाई लेख्न पठाई बाढीपीडितका नाममा खानेहरुको जमात पनि ठुलै देखिएको छ ।
जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत एंव जिल्ला आपतकालिन व्यवस्थापन समितिका संयोजक लोकप्रसाद ढकालले दशैंको समयमा आएको बाढीको पुर्णक्षतिको विवरण आइनसकेको हुँदा जिल्ला विपद व्यवस्थापनबाट हाल कुनैपनि राहत नबाडिएको बताए । साथै उनले केही प्रभावितहरुलाई नगद बाडिएको रेडक्रसमार्फत भएको बताए ।
बर्दियामा दशैंको समयमा आएकाे बाढीबाट प्रभावित बनेका ३० देखि ४० प्रतिशतले अझै पनि केही राहत पाएका छैनन तर बाढीबाट प्रभावित नभएकाहरुले भने राहत पाएका छन् । नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा बर्दियाका कार्यक्रम अधिकृत बिवश कुँवरले विश्व खाद्य कार्यक्रम र नेपाल सरकार बीच भएको सम्झौता अनुसार बाढी प्रभावित क्षेत्रमा बसोवास गर्ने घरधुरी संख्या गणना गरी पालिका र विपद व्यवस्थापन समितिले पहिले नै यी यी क्षेत्र प्रभावित हुन्छन भनि निकालिएको सर्वेलाई सिफारिस गरेका आधारमा घरधुरीका परिवारले अहिले नगद १५ हजार रुपैयाँ पाएको बताए । साथै उनले दशैंको समयमा आएको बाढीबाट प्रभावित र प्रभावित नभएका दुवै समुहले पाएको र दशैंको समयमा आएको बाढीबाट प्रभावित करिब ८० प्रतिशत घरधुरीले सो नगद पाएको बताए । बाँकीले नपाएको समेत उनको भनाई थियो ।
जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एंव प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले विश्व खाद्य कार्यक्रमको रेडक्रसमार्फत जिल्लाका ८ हजार २ सय ३९ जनालाई नगद १५ हजार रुपैयाँका दरले रकम बाडेको बताउँदै अन्य संघसंस्थाले पालिकासँग समन्वय गरी राहत वितरण गरिरहेको बताए ।। साथै दशैंको समयमा आएको बाढीको क्षतिको पुर्ण विवरण आइनसकेको समेत बताए ।
यसरी क्षतिको विवरण नआउँदै आफूखुशी राहत बाडने भन्दै केही संघसंस्थाहरुले दातुनिकायलाई मात्र हैन पीडितहरुलाई समेत उल्लु बनाउने काम गरेको देखिन्छ । बाढी आएपछि प्लान इन्टरनेशनल नेपाल , बाँके युनेस्को क्लव , वि ग्रुप लगायतका संघसंस्थाहरुले राहत बाडेको भन्ने केही संचारमाध्यमलाई लेख्न पठाएको देखिन्छ । तर उनीहरुले राहतको सामाग्री पालिकालाई हस्तान्तरण गरेका छन् जुन सामान अझैपनि पालिकामा थन्किएको पालिकाहरुले जनाएका छन् । ती मध्ये केही संस्थाहरुले आफै फिल्डमा गई राहत बाडेको देखिएको छ । जिल्लामा राहत वितरणमा डुब्लीकेशन नहोस भन्नका लागि एकद्धार प्रणाली भएपनि ती संस्थाहरुले त्यसको वेवास्ता गरेको पाइन्छ ।
एकद्धार प्रणालीलाई लत्याउँदै आफुखुशी राहत बाडिरहेको भएपनि सम्वन्धित निकाय मौन देखिएको छ । जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एव प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वाँस्तोलाले पछिल्लो पटक असोज २२ गते जिल्ला विपद व्यवस्थापन समितिको बैठक राखेका थिए तर बैठक नबस्दै ती संघसंस्थाहरुले गाँउमा रहेका आफना कर्मचारीबाट डाटा संकलन गरी राहत बाडेको पाइएको हो । यसरी बाडिएको राहत नपाउनेले समेत पाएको भन्दै स्थानीयबासी आक्रोशित छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
स्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार