लमजुङका २३ मतदानस्थल अति संवेदनशील सूचीमा
नेपालबहस संवाददाता
कात्तिक २, २०७९ बुधबार १८:४:५७
२ कात्तिक, लमजुङ । जिल्ला सुरक्षा समितिले जिल्लाका मतदानस्थलको सुरक्षा स्तरीकरण गरेको छ । जिल्लाका एक सय ३० मतदानस्थलमध्ये २३ वटा मतदान स्थललाई अति संवेदनशील क्षेत्रको रुपमा राखिएको छ ।
सुरक्षा समितिका अनुसार जिल्लामा ८६ वटा मतदानस्थल संवेदनशील र बाँकी २१ मतदानस्थललाई सामान्य र बाँकीलाई अति संवेदनशील मतदानस्थलको सूचीमा राखिएको सुरक्षा समिति लमजुङका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।
प्रजिअ वैद्यले अति संवेदनशील र संवेदनशील क्षेत्रका लागि विशेष सुरक्षा व्यवस्था मिलाइएको बताए । निर्वाचनलाई भयरहित, निष्पक्ष बनाउन सुरक्षाको दृष्टिकोणबाट कुनै कमी हुन नदिने प्रजिअ वैद्यको भनाइ छ ।
चारवटा नगरपालिका र चारवटा गाउँपालिका रहेको लमजुङमा अति संवेदनशील केन्द्रमा भौगोलिक विकटता र यसअघिको निर्वाचन सुरक्षा अवस्थाको आधारलाई मानिएको छ ।
लमजुङमा १ सय ३० मतदानस्थलमा एकसय ८८ मतदान केन्द्र छन् । सुरक्षा समितिले सबै मतदानस्थलको अनुगमन गरी सुरक्षा व्यवस्थालाई कडाइ गर्ने जनाएको छ । सुरक्षाका लागि म्यादी प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिने भएको छ । त्योभन्दा बाहिरी घेरामा नेपाली सेनालाई खटाउने निर्णय सुरक्षा समिति लमजुङले जनाएको छ ।
जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाका अनुसार जिल्ला कारागार र जिल्ला समन्वय समिति अस्थायीसहित एक सय ३० मतदानस्थल र एक सय ८८ वटा मतदान केन्द्र छन् ।
यस्तै, यहाँ एक लाख ३३ हजार ५ सय ५९ मतदाता छन् । निर्वाचन सुरक्षार्थ दुई हजार तीन सय ७६ सुरक्षाकर्मी खटिँदैछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
अदालतको अपहेलनासम्बन्धी मुद्दामा बार अध्यक्ष घिमिरेको विवादित अडिओ झिकाउन आदेश
पुष २३, २०८१ मंगलबार
के तपाईलाई अत्यधिक रिस उठ्छ ? त्यसो भए यी कुरा जान्नुहोस्
पुष २३, २०८१ मंगलबार
एमाले केन्द्रीय समिति बैठक सुरू
पुष २३, २०८१ मंगलबार
कुखुरा फार्ममा आगलागी हुँदा धनमाल जलेर नष्ट
पुष २३, २०८१ मंगलबार
विश्वकै शक्तिशाली भवन हिम आँधीको चपेटामा [ फोटो फिचर ]
पुष २३, २०८१ मंगलबार
फिल्म 'गेम चेन्जर'को प्रि-रिलिजमा रामचरणका दुई फ्यानको मृत्यु
पुष २३, २०८१ मंगलबार