दैलेखी युथ कप प्रतियोगिता सुरु, फुटसल र व्याटमिन्टनमा प्रतिस्पर्धा
नेपालबहस संवाददाता
कात्तिक २, २०७९ बुधबार १९:१२:३५
२ कात्तिक, दैलेख । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नारासहित दैलेखमा ‘दैलेखी युथ कप’ प्रतियोगिता संचालन भएकाे छ ।
लामो समयदेखि खेलकुद महोत्सव सञ्चालन गर्दै आएको दैलेखी युथले यसपटक जिल्लास्तरीय खुल्ला दैलेखी युथकप फुटसल र व्याटमिन्टन प्रतियोगिताको आयोजना गरेको हो ।
४ कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका दशवटा फुटसल समूहहरू प्रतिस्पर्धामा सहभागी छन् । व्याटमिन्टनतर्फ दुई दर्जन सेट सहभागी हुने प्रतियोगिताको संयोजक मनोज भण्डारीले बताए । फुटसलका खेलहरू स्थानीय खुलामञ्च टुँडिखेलमा सञ्चालन भएको छ । व्याटमिन्टन तर्फका खेलहरू कभर्ड हलमा सञ्चालन हुने आयोजकले जनाएको छ ।
फुटसलतर्फ प्रथम हुनेले ३० हजार र दोस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । व्याटमिन्टनतर्फ प्रथम पुरस्कार १५ हजार र दोस्रो हुनेले सात हजार नगद पुरस्कार प्रप्त गर्नेछन् ।
प्रतियोगिताका लागि नारायण नगरपालिका-१ वडा कार्यालयले मुख्य प्रायोजन गरेको छ भने सहप्रायोजन चामुण्डाबिन्द्रासैनी नगरपालिका र प्रायोजन तरुण मिडिया प्रालिको रहेकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार
संघसंस्था बीच फुटसल प्रतियोगिता उपाधि खेलकुद पत्रकार मञ्चलाई
कात्तिक २४, २०८१ शनिबार
पाँच किमी दौडमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी
कात्तिक २४, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
एनपीएलः वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगे
मंसिर १२, २०८१ बुधबार
हिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १२, २०८१ बुधबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार