राजु गुरुङको मुद्दा ‘हेर्न नभ्याइने’मा
नेपालबहस संवाददाता
कात्तिक २, २०७९ बुधबार २०:१०:१४
२ कात्तिक, काठमाडौं । रुपन्देही क्षेत्र नं. २ मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (एस)का राजु गुरुङले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दा हेर्न नभ्याइनेमा परेको छ ।
उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय खारेज गरी अन्तरिम आदेशको मागसहित दायर मुद्दामा दुवै पक्षबीच छलफलसहित आदेश दिन पर्ने वा नपर्ने निर्णय लिन आज न्यायाधीश सुष्मालता माथेमा र कुमार रेग्मीको संयुक्त इजलासमा पेसी परेको थियो । मुद्दा इजलासमा ४४ नम्बरमा परेको थियो । मुद्दा सुनुवाईको चाप बढेपछि गुरुङको मुद्दलाई ‘हेर्न नभ्याइने’मा राखिएको जनाइएको छ ।
बैंकिङ कसुरमा कालो सूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उम्मेदवारी उक्त क्षेत्रबाट खारेज गरेको थियो । आयोगको खारेजी निर्णय कानूनविपरीत भएको जनाउँदै उनले अन्तरिम आदेशको माग गर्दै गएको हप्ता सर्वोच्चमा रिट दायर गरेका थिए ।
रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले यसअघि उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले आइतबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । मुद्दामा अन्तरिम आदेश दिने कि नदिने सम्बन्धमा रिटका दुवै पक्षलाई मंगलबार बोलाइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
माघ ९, २०८१ बुधबार
घर धितो राखेर ‘इमर्जेन्सी’ बनाएको कंगनाले गरिन् खुलासा
माघ ९, २०८१ बुधबार
सगरमाथा यात्रा दस्तुरमा वृद्धि, विदेशीले अब थप ४ हजार डलर तिर्नुपर्ने !
माघ १०, २०८१ बिहिबार
सुप्रिम सहकारी ठगी प्रकरण: लामिछानेको थुनछेक बहसमा आधा दर्जन सरकारी वकिल सहभागी
माघ १०, २०८१ बिहिबार
जनता र विकासलाई केन्द्रबिन्दुमा राखेर काम गर्न राष्ट्रपतिको आग्रह
माघ १०, २०८१ बिहिबार
अमेरिकामा हिम आँधीका कारण १० जनाको मृत्यु
माघ १०, २०८१ बिहिबार
बझाङमा १२ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
माघ १०, २०८१ बिहिबार