सिङ्गुसले टोकेर तनहुँमा एकको मृत्यु, छ घाइते
नेपालबहस संवाददाता
कात्तिक २, २०७९ बुधबार २०:१४:३६
२ कात्तिक, तनहुँ । सिङ्गुसले टोकेर तनहुँमा आज एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । व्यास नगरपालिका–११ रानीगाउँ निवासी ६७ वर्षीय गङ्गाप्रसाद सुवेदीको मृत्यु भएको हो ।
शरीरैभरि सिङ्गुसले टोकेर सख्त घाइते भएका सुवेदीको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१ तालघरे नजिक सिमलको रुखमा रहेको सिङ्गुसले राजमार्ग भएर हिँड्ने सर्वसाधारण र मोटरसाइकलमा सवारलाई टोकेको उनले बताए ।
सिङ्गुसले टोकेर घाइते भएकाहरूको दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उक्त राजमार्ग भएर हिँड्डुल गर्ने सर्वसाधारण र चालकलाई सचेत भएरमात्रै हिँड्डुल गर्न प्रहरीले अनुरोध गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
आर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार
जर्मनीमा पहिलो पटक अत्यधिक भाइरल सङ्क्रमण पुष्टि
पुष २७, २०८१ शनिबार
चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण
पुष २७, २०८१ शनिबार
जुम्लामा आठ हजार आठ २९ छात्रालाई क्यान्सरविरूद्धको खोप लगाउने तयारी
पुष २७, २०८१ शनिबार
क्यालिफोर्निया आगलागीमा लुटपाट बढे पछि लगाइयो कर्फ्यु, २० पक्राउ
पुष २७, २०८१ शनिबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार