ओलीसँग संवाद गर्न झण्डै सवा लाखले टिपाए नाम
नेपालबहस संवाददाता
कात्तिक २, २०७९ बुधबार २२:३:८
२ कात्तिक, काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गर्न बुधबार दिउँसो साढे ३ बजेसम्म एक लाख १३ हजार चार सय ७७ जनाले नाम र सम्पर्क नम्बर टिपाएका छन् ।
ओलीले शुक्रबार सामाजिक सञ्जालमा संवाद गर्दैछन् । जसका लागि बिहीबार १२ बजेसम्म नाम टिपाउन समय दिइएको छ । उनले यो उत्साहपूर्ण सहभागिताले आफूलाई खुसी लागेको बताएका छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमा ओलीले झन्डै सवा लाख मानिसले आफूसँग संवाद गर्न चाहेको र धेरै नाम आएकाले बिहीबार १२ बजेसम्म नाम टिपाउन सकिने जानकारी दिएका छन् । संवादमा ओलीले प्रदेश र प्रतिनिधिसभा निर्वाचनबारे पार्टीका धारणा र एजेन्डा प्रस्तुत गर्ने भएका छन् ।
यसअघि ओलीले सामाजिक सञ्जालमार्फत नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग लाइभ डिवेट गर्न आफू तयार रहेको बताइसकेका छन् ।
ओलीको सार्वजनिक चुनौतीबारे प्रम देउवाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनता र विकासलाई केन्द्रबिन्दुमा राखेर काम गर्न राष्ट्रपतिको आग्रह
माघ १०, २०८१ बिहिबार
अखिल क्रान्तिकारीमा ३१२ पदका लागि ५०० जनाको उम्मेदवारी, शनिबार मतदान
माघ १०, २०८१ बिहिबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
माघ १०, २०८१ बिहिबार
कञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
माघ ९, २०८१ बुधबार
सूर्यविनायक–धुलिखेल सडकः दैनिक ५ घण्टा बन्द गरी निर्माण गर्ने तयारी
माघ १०, २०८१ बिहिबार
काभ्रेको महाभारत जङ्गलमा लागेको आगलागी अझै नियन्त्रणमा आएन
माघ १०, २०८१ बिहिबार
सगरमाथा यात्रा दस्तुरमा वृद्धि, विदेशीले अब थप ४ हजार डलर तिर्नुपर्ने !
माघ १०, २०८१ बिहिबार
सुप्रिम सहकारी ठगी प्रकरण: लामिछानेको थुनछेक बहसमा आधा दर्जन सरकारी वकिल सहभागी
माघ १०, २०८१ बिहिबार
जनता र विकासलाई केन्द्रबिन्दुमा राखेर काम गर्न राष्ट्रपतिको आग्रह
माघ १०, २०८१ बिहिबार
अमेरिकामा हिम आँधीका कारण १० जनाको मृत्यु
माघ १०, २०८१ बिहिबार
बझाङमा १२ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
माघ १०, २०८१ बिहिबार