ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, अटोरिक्साबाट खसेर यात्रुकाे ज्यान गयो
नेपालबहस संवाददाता
कात्तिक ४, २०७९ शुक्रबार १७:५५:२२
४ कात्ति, काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२४ मा गएराति ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका–१९ का २० वर्षीय बसरूदिन देवान रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका देवानको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
नितनपुरबाट इनर्वा शिरातर्फ आउँदै गरेको बा २३ प ४२६९ नम्बरको मोटरसाइकललाई गएराति ९ बजे विपरित दिशाबाट जाँदै गरेको प्रदेश २–०३–००१ त ४११५ नम्बरको ट्रयाक्टरले ठक्कर दिएको थियो । याक्टरसहित चालकलाई अस्थायी प्रहरी पोष्ट इनर्वा शिराले नियन्त्रणमा लिएर थप आनुसन्धान गरिरहेको जनाइएको छ ।
अटो रिक्साबाट खसेर एक जनाको मृत्यु
यस्तै, बाजुराको बुढीगंगा नगरपालिका–१ मा हिजो साँझ अटो रिक्साबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका २ बस्ने ४५ वर्षीय मोति लुहार रहेका छन् ।
सुदुरपश्चिम प्रदेश–०१–००१ ह ४०६३ नम्बरको अटो रिक्साबाट हिजो साँझ साढे ५ बजे खसेर गम्भिर घाइते भएका लुहारको उपचारको क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार
काठमाडौंको अनामनगरस्थित धोबीखोलमा कार खस्यो
पुष २१, २०८१ आइतबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुष २५, २०८१ बिहिबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार