अवैध लागूऔषधसहित ८ जना पक्राउ
नेपालबहस संवाददाता
कात्तिक ४, २०७९ शुक्रबार २०:३६:४९
४ कात्तिक, काठमाडौं । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको भद्रपुर नगरपालिका–८ बाट चार ग्राम ब्राउन सुगरसहित सोही ठाउँ बस्ने २४ वर्षीय आतिस राजवंशीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलालीको गोदावरी नगरपालिका–९ शेरीबाट २५ ग्राम हिरोईनसहित सोही ठाउँ बस्ने खगेन्द्र बोहरालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश प्रहरी कार्यालय धनगढी र वडा प्रहरी कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलालीकै धनगढी उपमहानगरपालिका–२ मिलनचोकबाट ४ ग्राम ५ सय मिलिग्राम हिरोईनसहित गोदावरी नगरपालिका–२ बस्ने २३ वर्षीय समिर बिक समेत ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
धनुषाको जनकपुर उपमहानगरपालिका–८ रामानन्द चोकबाट नियन्त्रित लागूऔषध नाईट्रोभेट ९ सय ट्याब्लेट, नाइट्रोजन ३ सय ट्याब्लेट र एग्जिपलोन १ सय एमएलको ५० बोतलसहित औरही गाउँपालिका–२ बस्ने ४० वर्षीय रंजित कुमार मण्डल समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषा र लागूऔषध नियन्त्रण ब्यूरो धनुषाबाट संयुक्त रुपमा खटिएको प्रहरीले बीआर ३२ आर ४४०४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ बसपार्कबाट नियन्त्रित लागूऔषध नुर्फिन ४६ एम्पुल, डाइजेपाम ४६ एम्पुल, फेनारागन ४६ एम्पुल र नगद २३ हजार रुपैयाँ सहित कास्की जिल्ला पोखरा महानगरपालिका–१९ बस्ने २६ वर्षीया सन्तु घर्ति मगरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त लागू औषधसहित पक्राउ गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगन्जमा गाँजासहित चार जना पक्राउ
पुष २४, २०८१ बुधबार
लागूऔषधसहित विभिन्न ठाउँबाट सात जना पक्राउ
पुष २४, २०८१ बुधबार
पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पुष २४, २०८१ बुधबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय
पुष २५, २०८१ बिहिबार
बुइपाका चार टोलमा ड्यू, कोक, रम, बियरलगायत पेयपदार्थमा प्रतिबन्ध
पुष २५, २०८१ बिहिबार