तिहारमा झिनियाँसहित तयारी रोटी बनाउन महिला उद्यमीलाई भ्याइनभ्याइ
नेपालबहस संवाददाता
कात्तिक ४, २०७९ शुक्रबार २०:५२:५९
४ कात्तिक, गलकोट । तिहारमा अत्यावश्यक परिकारका रुपमा मानिएको झिनियाँ र चिनीसहितका विभिन्न रोटीका परिकारको माग बागलुङमा उच्च रहेको छ । झिनियाँसहित विभिन्न तयारी रोटी उत्पादन हुन थालेपछि घरमै बनाउने रोटीका परिकारसमेत स्थानीयले खरिद गरेर लैजान थालेका छन् ।
बागलुङ बजारका विभिन्न महिला उद्यमीले उत्पादन गरेका रोटीका परिकार खरिद गर्नेको भीड नै लाग्ने गरेको छ । बागलुङमा तिहार नजिकिएसँगै झिनियाँ, चिनी, फिनी, भेलीलगायतका रोटीका परिकारको माग उच्च भएको विगत १० वर्षदेखि बागलुङ नगरपालिका–२ स्थित मरेपिपलमा झिनियाँसहितका सात प्रकारका परिकार बनाउँदै आएकी मीरा श्रेष्ठले बताइन ।
हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहारका अवसरमा सर्वाधिक बढी प्रयोग हुने झिनियाँ बनाउन यहाँका महिला उद्यमीलाई भ्याइनभ्याइ छ । श्रेष्ठले विगत १० वर्षदेखि झिनियाँ, चिनी रोटी, फिनी रोटी, सेल रोटी, भेली रोटी, खुरमा र नमकिन बनाएरै राम्रो आम्दानी गर्न सफल भएकी छिन् ।
“पहिला झिनियाँको मात्रै व्यापार हुन्थ्यो, पछिल्लो समय चिनी तथा फिनी र तयारी सेल रोटीको माग उच्च छ, लगातारको वर्षाले झिनियाँ सुकाउन समस्या भयो, झिनियाँको माग धान्नै समस्या छ”, श्रेष्ठले भनिन, “झिनियाँ मात्रै नभएर चिनी, फिनी र सेललगायतका तयारी रोटीको माग बढेको छ, यो सिजनमा दिनरात नभनी काम गरिरहेका छौँ ।”
मीरासँगै उनका श्रीमान् र छोराले दशैं अघिदेखि रातदिन नभनेर झिनियाँ, चिनी, फिनी, भेली र नमकिन लगायतका तयारी परिकार बनाइराखेका छन् । तिहारको समयमा बढी मात्रामा प्रयोग हुने झिनियाँको माग बढ्न थालेपछि मीरासहित अन्य बागलुङका घरेलु उद्यमीलाई झिनियाँ बनाउन भ्याइनभ्याइ भएको छ तर बागलुङ बजारको अधिकांश झिनियाँ र तयारी रोटीको माग महिला उद्यमी श्रेष्ठले धान्दै आएकी छिन ।
श्रेष्ठले दशैं तिहारको सिजनमा झिनियाँसहित अन्य तयारी परिकार बेचेर रु छ लाख कमाउने लक्ष्य राखेकी छिन । नेपाली समाजमा तिहारको भाइटीकामा सप्तरङ्गी झिनियाँ कोसेलीका रूपमा दाजुभाइलाई खुवाउने परम्परा रहे पनि अन्य पूजाआजा र चाडपर्वमा समेत झिनियाँसहित अन्य सात प्रकारका तयारी रोटीको माग भएको हो ।
माग बढ्न थालेपछि अन्य समयमा समेत झिनियाँ, चिनी, फिनीलगायत रोटी बनाउन भ्याइनभ्याइ हुने गरेको छ । बागलुङका उद्यमीले दशैंतिहारलाई लक्षित गरी दुई महिना अगाडिदेखि नै झिनियाँ रोटी बनाउन थालेका छन् । विशेष गरी तिहारको बेलामा झिनियाँको माग अत्यधिक हुने भएकाले आफूले दुई महिनादेखि झिनियाँलगायतका रोटी बनाइराखेको श्रेष्ठले बताइन।
बागलुङ बजारको मरेपिपलमा वर्षौंदेखि परम्परागत रूपमा झिनियाँ बनाउँदै आएकी उनले बागलुङ बजारमा मात्रै आफूजस्ता दर्जनौँ महिला झिनियाँ रोटी बनाएर आयआर्जन गर्दै आइरहेको बताइन । अहिले आधुनिक उपकरणको सहायताले ठूलो मात्रामा झिनियाँ उत्पादन गर्न सकिन्छ । उनले तीन वर्षदेखि रु एक लाखको लागतमा झिनियाँ निर्माण गर्ने आधुनिक विद्युतीय उपकरणसमेत खरिद गरेर बनाउन थाल्दा माग आपूर्तिमा सहजता भएको बताइन ।
थोक मूल्यमा झिनियाँ प्रतिदर्जन ठूलोमा रु दुई सय ५० र सानोमा रु एक सय ४० मा बिक्री गर्दै आएको उनले बताइन। दशैंको अवधिमा सेतो रङको झिनियाँ बढी मात्रामा बिक्री हुने भए पनि तिहारको समयमा सात रङको झिनियाँको माग आउने गरेको छ । मीराले चिनी रोटी रु ८०, फिनी रोटी रु ७०, भेली रोटीलाई रु ५० र नमकिन रोटीलाई रु ५० मा बिक्री गर्दै आएकी छिन । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार