गुराँस लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, वार्षिक प्रतिवेदन पारित
नेपालबहस संवाददाता
कात्तिक ४, २०७९ शुक्रबार २३:१२:५७
४ कात्तिक, काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १२औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा कम्पनीको प्रधान कार्यालय राजभवन, तिनकुने काठमाडौंमा सम्पन्न भएको हो । शुक्रबार विहान ११ बजे देखि १ बजे सम्म शेयर धनिहरुको भौतिक तथा जुम मार्फत सभा सम्पन्न भएको गुराँस लाइफ इन्स्योरेन्सले जनाएको छ ।
साधारण सभाले वार्षिक प्रतिवेदन छलफल गरी पारीत गरेको छ भने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ असार मसान्तको हिसाब, नाफा, नोक्सान, वासलात, वित्तीय विवरण पारीत समेत गरेको छ ।
साथै, सभाले आ.ब २०७७ ÷७८ को लागि लेखा परीक्षक नियुक्ति र निजको पारीश्रमिक तोक्ने प्रस्ताव समेत पारित गरेको छ । सभाले गुराँस लाइफ सहितयूनियन लाइफ र प्राइमलाइफ एक आपसमागाभ्ने ÷गाभिने सम्बन्धी प्रारम्भिक सम्झौता पत्रको मस्यौदा स्वीकृत गरेको छ, भने मर्जरको लागि संचालक समितिले गरेको कामको अनुमोदन गरेको छ ।
सभाले कम्पनीको सम्पति दायित्व मुल्याकंन गर्नका लागि मुल्याकंनकर्ता, परामर्शदाता र लेखापरीक्षकहरु नियुक्ति,उनीहरुको पारीश्रमिक निर्धारण, एक आपसमा गाभ्ने गाभिने प्रस्ताव पारित गर्नका लागि बीमाङकीय मुल्याकंनकर्ता नियुक्ती र नीजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
त्यसैगरी सभाले मर्जर कार्यका लागि सम्पुर्ण अख्तियारी संचालक समितिलाई जिम्मा दिने प्रस्ताव पारित गरेको छ । गतआर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ७ दशमलव ४४ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ३९१७१ प्रतिशत नगद लाभांशको प्रस्ताव लगायतका विविध प्रस्ताव अनुमोदन गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुष २५, २०८१ बिहिबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार