उम्मेदवार बन्जाडेलाई आयोगको २४ घण्टे स्पष्टीकरण
नेपालबहस संवाददाता
कात्तिक ६, २०७९ आइतबार १८:२८:१९
कात्तिक ६, अर्घाखाँची । हाम्रो नेपाली पार्टीबाट अर्घाखाँची जिल्लाको प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गरेका दुर्गाप्रसाद बन्जाडेलाई जिल्लाा निर्वाचन कार्यालयले २४ घण्टाभित्र आफैं उपस्थित भएर स्पष्टीकरण दिन पत्र काटेको छ ।
पार्टीको चिह्नबाट उम्मेदवार बनेका बन्जाडेले स्वतन्त्र उम्मेदवार हुँ भनेर जनतालाई भ्रममा पारेको पाइएको भन्दै निर्वाचन कार्यालयले पत्र काटेको हाे । पत्रमा के कति कारणले कारबाही गर्नु नपर्ने हो २४ घण्टाभित्र कार्यालयमा स्वयं उपस्थित भएर स्पष्टीकरण दिन उल्लेख छ ।
हाम्रो नेपाली पार्टीबाट उम्मेदवार बनेका बन्जाडेले आफूलाई स्वतन्त्र उम्मेदवारको रुपमा प्रचार गरेको पाइएकाले स्पष्टीकरण सोधिएको आयोग कार्यालयले जनाएको छ ।
‘लौरो चिह्न स्वतन्त्र हो, म पनि स्वतन्त्र उम्मेदवार हुँ भनेर प्रचार गरेको पाइयो’ जिल्ला निर्वाचन कार्यालयका कार्यालय प्रमुख सुरेश भण्डारीले भने, ‘जनतालाई भ्रममा पार्ने काम आचारसहिंता विपरीत हुन्छ ।’
आयोगले शिक्षक, कर्मचारी तथा पत्रकारहरुलाई समेत आचारसहिंता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ । पत्रकार जितेन्द्र खत्री र सूर्यप्रसाद भुसालले आचारसहिंता विपरीत दलका उम्मेदवारलाई भोट मागेको भन्दै स्पष्टीकरण सोधिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
अपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार