स्याङ्जामा एक दिने कृषि बालि शिविर सम्पन्न
नेपालबहस संवाददाता
कात्तिक ८, २०७९ मंगलबार १८:४४:५९
८ कात्तिक, स्याङ्जा । स्याङ्जा सदरमुकाममा एक दिने कृषि बालि शिविर सम्पन्न भएको छ । स्थानीय रोयल बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा मुक्तिनाथ कृषि कम्पनीको सहयोग र मुक्तिनाथ विकास बैंकको प्रबद्र्धनमा शिविर सम्पन्न भएको हो ।
कृषकहरुलाई नर्सरी व्यवस्थापना, नगदे बालिमा लाग्ने रोग र कृषिमा अबलम्बन गर्नुपर्ने प्राविधिक ज्ञान प्रदान गर्न शिविर आयोजना गरिएको हो । पर्यावरण परिर्वतनसँगै देखिएकान कृषकका समस्या समाधान गर्न शिविर फलदायी बनेको कृषकहरुले बताए ।
बालि शिविरमा कृषकहरुले लगाएको कृषिजन्य बस्तुमा देखिएका समस्या र रोग नियन्त्रण तथा समाधानका बारेमा मुक्तिनाथ कृषि कम्पनीका वरिष्ठ किठ विज्ञ विजय सापकोटाले सहजीकरण गरेका थिए । शिविरमा पुतलीबजार नगरपालिका र फेदीखोला गाउँपालिकाका कृषकहरुको सहभागिता रहेको थियो ।
त्यस अवसरमा कृषकहरुले लगाएको बालिमा देखिने समस्या र रोगका बारेमा जानकारी दिएका थिए भने बालिमा लाग्ने रोग नियन्त्रण, उपचार पद्धति र अन्य समस्या समाधानमा आयोजक सहकारी र कृषि कम्पनीले सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । उत्पादन बढाउन कृषक र कम्पनीकाबीच सहकार्य आवश्यक रहेको कृषकहरुले बताए ।
ग्रामीण क्षेत्रका कृषकले उत्पादन गर्ने कृषिजन्य बस्तुको उत्पादन बढाउन बालि शिविरलाई नियमित र उत्पादन क्षेत्रमा केन्द्रित गर्न कृषकले आग्रह गरे । बालि शिविर नियमित रुपमा संचालन गरे कृषिजन्य उत्पादन बढाउन फलदायी हुने बताईएको छ ।
मुक्तिनाथ कृषि कम्पनीको स्याङ्जामा श्रोत केन्द्रका रुपमा रहेको रोयल बचत तथा ऋण सहकारी संस्थाले कृषिमा आधुनिकीकरण ल्याउन प्रविधि उपयोगलाई सहजीकरण गर्दै आएको छ । कृषकलाई प्रविधि र लगानी अभाब हुन नदिन सहकारीले कृषिमा लगानी र प्रविधि उपयोगमा जोड दिएको सहकारी अध्यक्ष नारायण प्रसाद पौडेलले बताए ।
जिल्लामै पहिलो पटक आयोजना गरिएको बालि शिविरले कृषकमा उत्साह थपेको सहभागिताले बताए । समस्या समाधान र रोग नियन्त्रणमा नियमित सहयोग पु¥याउन कृषकले आयोजकलाई आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यावसायिक स्याउखेती विस्तार गर्न कृषि प्रविधिकलाई तालिम
माघ १२, २०८१ शनिबार
स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलु खेती
माघ ११, २०८१ शुक्रबार
सरकारी प्रणालीमा १९ लाख ७१ हजार किसान परिवार सूचीकृत
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार