नेपालीहरुको सहयोगको सारथी बन्यो ‘हेल्प डेक्स इन पोर्चुगल’
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक ८, २०७९ मंगलबार १९:४०:५०
![](https://nepalbahas.prixacdn.net/media/albums/Help_Dex_HsCyAUy3wL.png)
८ कात्तिक, काठमाडौं । ठूलो सपना र आर्थिक समृद्धिको आशा बोकेर जीवनलाई सरल बनाउने उद्देश्यले विगत दश बर्ष अघि युरोप छिरेका बिक्की सुवेदी अहिले नेपालीहरुको सहाराका सारथी बनेका छन् । पर्याप्त पैसा कमाउने र पारिवारिक सम्पन्नतालाई मजबुद बनाउने उद्देश्यले विदेशिएका उनी अहिले भने समस्यामा परेका नेपालीहरुका लागि अत्यन्तै सहयोगी सारथी भएका छन् ।
पर्वत जिल्लाको कुस्मामा स्थायी घर भएका विक्की हालः युरोयियन मुलुक पोर्चुगलमा बस्छन् । शुरुमा रोजगारीको लागि पोर्चुगल आएका उनी अहिले नेपालीहरुका सबैभन्दा कान्छा ब्यवसायीको रुपमा परिचित छन् । करिव एक दशकदेखि ब्यवसायमा सम्लग्न भएका उनले आफ्नो ‘पावरफुल प्रिज्म एलडिए’ नामक कृषि कम्पनी स्थापना गरी विभिन्न आप्रबासीहरुलाई रोजगारी दिएका छन् ।
यसका अलावा सामाजिक सेवा समेत हात हालेका बिक्कीको समुहले अन्य दुई कम्पनीको स्थापना गरी करिब तीन हजार ब्यक्तीलाई रोजगारी दिएको बताए । उनले यहाँ स्थापना गरेको “हेल्प डेक्स इन पोर्चुगल” नामक संस्था नेपाली कामदारहरुका लागि अत्यन्तै सहयोगी बनेको छ । रोजगारीको सिलशिलामा पोर्चुगल आएका र समस्यामा परेका आप्रबासीहरुका लागि यो संस्था सारथी नै बनेको हो ।
‘जव म रोजगारीका लागि यहाँ आएँ त्यस पछि थाहा भयो बैदेशिक रोजगारी नेपालीहरुले सोचे जस्तो सजिलो रहेनछ । झण्झटिलो कागजी प्रकृयाले धेरै नेपालीहरुलाई समस्यामा परेको अवस्था थियो । तव मलाई, उनीहरुलाई यो परदेशमा सहयोग गर्नु भनेको ठूलो धर्म कमाउनु हो भन्ने भावनाको विकास भएर आयो ।’ एनएरएन क्षेत्रिय समिति ओलेन्तेजो पोर्चुगलका उपाध्यक्ष समेत रहेका विक्कीले भने । यसरी उनी सामाजिक सेवामा दत्तचित्त भएर निरन्तर लागेका छन् ।
नेपालीहरु युरोप किन जान चाहन्छन ?
धेरै पैसा कमाउने र सम्पन्न हुने सपना सबैको हुन्छ । यसै क्रममा युरोप, अमेरिका, जापान, अस्ट्ेलिया जस्ता मुलुकहरुमा रोजगारीका लागि जानेहरुको संख्या उल्लेख्य रहँदै आएको छ । पढाईको सिलसिला होस वा रोजगारीको । धेरै जसो मानिसहरु ठूलो देश नै जान रुचाउने गर्दछन् । यसै क्रममा नेपालीहरुको गन्तव्य युरोप हुने गर्दछ । युरोपको सेन्जेन देशहरु मध्ये पोर्चुगल आप्रबासी मामिलामा अलि उदार देश मानिन्छ । जसका कारणले पनि नेपालीहरुको रोजाई यो देश हुने गरेको हो ।
बाहिरबाट हेर्दा जति सजिलो देखिएको भए पनि पोर्चुगलमा अस्थायी बसोबास र कामको अनुमति तथा स्थायी बसोबासको लागि प्रकृया पुरा गर्न निकै कठिन छ । विक्की भन्छन : कतिपय नेपालीहरु रहरै रहरले लाखौं खर्च गरेर आएका हुन्छन र त्यस्ता ब्यक्तिहरु समस्यामा परेका उदाहरणहरु धेरै छन् । यो देखेर पनि हामीले उनीहरुलाई सहयोग गर्ने गरेका छौं ।
हेल्प डेक्स इन पोर्चुगल :
बिक्की सुवेदीलाई रोजगारीको लागि पोर्चुगल आउँदा कागजी प्रकृयामा निकै समस्या झेल्नु परेको अनुभव छ । आप्रबासन र रोजगारीका लागि निकै मिहेनत गर्नु परेको अनुभव सुनाउँदै उनी भन्छन ः मैले पोर्चुगल आउँदा जे जस्तो समस्याको सामना गर्नु पर्यो त्यसले समेत मलाई यो अभियानमा लाग्न अभिप्रेरित गरेको हो । पोर्चुगलमा सबैभन्दा ठूलो समस्या भाषाको हो । यहाँका हरेक कार्यालयहरुमा भाषा नजान्नेहरुका लागि कुनै पनि काम गर्न सहज छैन । पोर्चुगिसहरु आफ्नो भाषा प्रति ज्यादै कठोर छन् । कुनै पनि कामका लागि उनीहरु भाषा जान्ने लिएर आउन वा सिकेर आउन सुझाउँछन् ।
अर्कोतिर आप्रबासीहरुले मिलाउनु पर्ने कागजी प्रकृया जथाभावि हुनाले समेत धेरैलाई समस्या पर्ने गर्दछ । कतिपयले नजानीकनै विभिन्न कुरा बताईदिने र सोही अनुसार आप्रबासीहरुले गरेका कारण धेरैले समस्या भोग्नु परिरहेको हुन्छ । आफैंले भोगेको समस्या र अन्य नेपाली तथा आप्रबासीहरुले भोग्दै आएको समस्याले हामीलाई सहयोगी भावना जागृत भई ‘हेल्प डेक्स इन पोर्चुगल’ नामक संस्थाको स्थापना गरेका हौं – बिक्कीले भने । ‘हेल्प डेक्स इन पोर्चुगल’को स्थापना भए पछि आप्रबासीहरुका लागि डकुमेण्टेशन तथा पोर्चुगलका विभिन्न सरकारी निकायहरुमा पर्ने समस्यालाई न्यूनिकरण र समाधान गर्न यो संस्था सहयोगी बनेको छ ।
यस्ता छन्, संस्थाका सेवाहरु
– अनुमति सहित सहजै प्रबेशको वातावरण बनाउन लिगल इन्ट्री लिने ।
– फिानान्सका सोसल अफिसका सम्पूर्ण कामहरु सहज रुपमा गराउने ।
– बसोबास अनुमति तथा कार्डका लागि सेफ इन्ट्री गर्न ।
– फिनान्स, सोसल, अस्पताल, फुन्दो, सेफ लगायतमा समयमा अनुमति लिन ।
– नेपाल लगायतका विभिन्न मुलुकबाट पोर्चुगल आई समस्यामा परेको नागरिकको प्रहरी रिपोर्ट लिन ।
– पारिवारिक भिसाको लागि अन्तवार्ताको समय निर्धारण गर्न र आधिकारिक कागजात तयार पार्न ।
– बालबालिकाको विद्यालयमा भर्ना गर्ने प्रयोजनका लागि ।
– ब्यापार ब्यावसाय दर्ता प्रकृयाका लागि ।
– कागजात अनुवाद र प्रमाणिकरण गर्न ।
– सरकारी कार्यालयमा भाषाको समस्यामा परेकाहरुलाई सहयोग गर्न ।
– आप्रबासीहरुको बैक खाता खोल्न तथा कारोबार गर्ने प्रयोजनका लागि सहयोग ।
– सेन्जेन भित्रका देशहरुका दुतावासहरुसँगको समन्वय र विभिन्न समस्यामा परेका आप्रबासीहरुको समाधानका लागि दुतावासहरुसँग समन्वयको भूमिका संस्थाले निरन्तर रुपमा गरिरहेको छ ।
उल्लेखित सेवाहरुलाई सहज रुपमा नागरिकले लिन सकुन भन्ने उद्देश्यले संस्थाले कानुन ब्यवसायी, डाक्टरी तथा विद्यायलका लागि परामर्शदाताहरु लगायतको सेवा प्रदान गर्दै आएको विक्कीले बताए ।
आप्रबासीका मुख्य समस्याः
पोर्चुगल आउने आप्रबासीहरुको पहिलो समस्या भनेको काम पाउने नै हो । विगत बर्षहरुमा अस्थायी बसोबासको अनुमति पाउन पनि ३÷४ बर्ष लाग्ने गरेको थियो । अहिले केही सहज भएपनि आप्राबासीहरुको बढ्दो चापका कारण बस्ने घर पाउन ठूलो समस्या झेल्नु पर्दछ । पहिलाको तुलनामा अहिले बहाल दस्तुरमा समेत सतप्रतिशत बृद्धि भएको छ ।
यहाँ आप्रबासी हेर्ने सरकारी निकाय सेफ (ँयचभष्नल कभचखष्अभ बलम दयचमभचक) बाटै जिल्ला अनुसार आ–आफ्नो फरक फरक निर्णय गर्ने गरेका कारण कहाँ कस्को कसरी काम हुने भन्नेमा पनि अन्यौल रहेको छ । अहिले पनि पोर्चुगलमा अबैध बाटोबाट आउनेहरुको संख्या उल्लेख्य रहेको पाइन्छ । महिनौ दिनसम्म हिँडेर, भोक प्यास र रोगसँग जुध्दै आप्रबासीहरु यहाँ आउने गरेका छन् ।
यसरी आउनेहरुका पासपोर्टहरु बाटैमा पुलिसले जफत गरिदिने, कतिपयले आफैं फालेर, च्यातेर आउने गरेकाले पनि पोर्चुगल आएपछि समस्यामा पर्ने गर्दछन् । पोर्चुगलमा हालसम्म नेपाली दुतावास छैन । जसका कारण फ्रान्स स्थित दुतावासले हेर्नुपर्ने अबस्था छ । जसले गर्दा अहिले इ–पासपोर्टले समस्या आएको हुँदा झनै गाह्रो बनाएको हो । पासपोर्ट बनाउन स्वयं ब्यक्ती नै फ्रान्स पुग्नु पर्ने हुन्छ । तर, उनीहरुसँग फ्रान्स दुताबाससम्म पुग्नका लागि आधिकारिक कागजात हुँदैन । यो विकराल समस्याको रुपमा यहाँ देखिएको छ । –बिक्कीले वताए ।
पोर्चुगल आउनेहरुले ध्यान दिनु पर्छ
हाल, करिब चालिस हजार भन्दा धेरैको संख्यामा नेपालीहरु पोर्चुगलमा रहेका छन । यहाँ आउनेहरुले पहिला आफ्नो योग्यता र क्षमतालाई प्रमुखताका साथ ध्यान दिनु पर्ने हुन्छ । मेनपावर र दलालको लहैलहैमा लागेर वास्तविकता नबुझी युरोप आउने चाहना राख्नु जोखिमयुक्त हुन जान्छ । सही सूचनाका आधारमा कामको बारेमा वास्तविकता बुझ्नु जरुरी छ । लिगल प्रकृयाबाट मात्र नेपालीहरुलाई पोर्चुगल आउन सुझाव दिन्छन् यहाँका सहयोगी प्रतिनिधिहरु ।
दलालहरुको प्रलोभनमा नपरी नेपाल सरकारको आधिकारीक निकायमा सम्पर्क र समन्वय गरेर मात्र युरोप लगायत विभिन्न मुलुकमा कामदारको रुपमा जानु बुद्धिमानी हुने कुराको सुझाव दिन्छन् बैदेशिक रोजगारका जानकारहरु । नेपाल सरकारले समेत चालिसौं हजारभन्दा बढी नेपाली कामदार रहेको पोर्चुगल जस्तो देशमा राजदुतावास स्थापना गरी नेपालीहरुको समस्या समाधानका लागि ध्याय दिनु जरुरी रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइएमई लाइफ इन्स्योरेन्सद्वारा कर्मचारीको माग
माघ १०, २०८१ बिहिबार
मंसिर महिनामा ८४ हजार बढीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिए
पुष १०, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार