लमजुङमा दशैंका बेला मात्रै तीन हजार खसीबोका बिक्री
नेपालबहस संवाददाता
कात्तिक ८, २०७९ बुधबार ३:४९:४३
८ कात्तिक, लमजुङ । लमजुङमा दशैंका बेला मात्रै तीन हजार खसीबोका बिक्री भएका छन् । जिल्लास्थित भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार लेकाली क्षेत्रमा रहेका गोठ, जिल्लाका विभिन्न स्थानमा रहेका सहकारी एवं व्यक्तिगत बाख्रा फार्मबाट सो संख्यामा खसीबोका बिक्री भएका हुन् ।
कार्यालयका अनुसार जिल्लाको उच्च लेकमा रहेका गोठहरुबाट मात्रै एक हजार पाँच सयको हाराहारीमा खसीबोका बिक्री भएको अनुमान गरिएको छ । सो बाहेक विभिन्न सहकारी एवं व्यक्तिले सञ्चालन गरेका बाख्रा फार्मबाट पनि ठूलो संख्यामा खसीबोका बिक्री भएको पशुसेवा कार्यालय लमजुङका प्रमुख डा. रुपेश श्रेष्ठले बताए ।
कार्यालय प्रमुख डा. श्रेष्ठका अनुसार जिल्लामा माग भन्दा बढी भएर सो संख्यामा खसीबोका बाहिरी जिल्लामा निर्यात भएको हो । जिल्ला बाहिर निर्यात भएका खसी बोकाको विवरण अनुमान गरिएपनि जिल्ला भित्रै बिक्री भएका खसी बोकाको अनुमान भने गर्न नसकिएको डा. श्रेष्ठले बताए ।
लमजुङ जिल्ला मासु र अण्डामा भने आत्मनिर्भर रहेको तथ्यांकले देखाएको छ । जिल्लामा प्रत्येक वर्ष चार हजार मेट्रिक टनको हाराहारीमा मासु उत्पादन हुँदै आएको छ । प्रत्येक वर्ष पाँचसय भन्दा बढी मेट्रिकटन मासु जिल्ला बाहिर निर्यात हुने गरेको तथ्यांकले देखाएको छ ।
लमजुङमा मासु प्रायोजनका लागि अत्याधिक रुपमा कुखुरा, बाख्रा, भेडा, बँगुर पालिएका छन् । अघिल्लो वर्षको तथ्यांक अनुसार जिल्लामा दुई लाख भन्दा बढी कुखुरा पालिएका छन् भने करिव दुई लाखकै हाराहारीमा बाख्रा, १२ हजार भन्दा बढी भेडा र चार हजार बंगुर पालिएको पशुसेवा कार्यालयको तथ्यांक छ ।
कृषि तथा पशुपालनमा राम्रो सम्भाव्यता भएर पनि लमजुङमा पशुजन्य उत्पादनमध्ये मासु र अण्डा पर्याप्त उत्पादन हुने गरेको छ । तर दूध र माछा उत्पादनमा भने लमजुङ अझै आत्मनिर्भर बन्न सकेको छैन । कार्यालयका अनुसार जिल्लामा अझैपनि माग भन्दा सात सय ३० मेटिक टन दूध र एक सय २७ मेट्रिकटन माछा कम उत्पादन हुँदै आएको तथ्यांकले देखाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैदेशिक रोजगारी त्यागेर जुनारखेती
पुष २६, २०८१ शुक्रबार
गुल्मीमा सुन्तला उत्पादन बढ्यो, कृषक खुसी
पुष २६, २०८१ शुक्रबार
सत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
पुष २२, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण
पुष २७, २०८१ शनिबार
काठमाडौंको टुँडिखेलमा थारू समुदायले दुई दिन माघी महोत्सव मनाउने
पुष २७, २०८१ शनिबार
पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छ : स्वास्थ्यमन्त्री पौडेल
पुष २७, २०८१ शनिबार
आर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार
जर्मनीमा पहिलो पटक अत्यधिक भाइरल सङ्क्रमण पुष्टि
पुष २७, २०८१ शनिबार
चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण
पुष २७, २०८१ शनिबार