चितवनमा निजीस्तरको क्यान्सर अस्पताल सञ्चालनमा
नेपालबहस संवाददाता
कात्तिक ९, २०७९ बुधबार १७:५८:४२
९ कात्तिक, चितवन । जिल्लामा निजीस्तरको पहिलो क्यान्सर अस्पताल सञ्चालनमा आएको छ । चितवन मेडिकल कलेज शिक्षण अस्पतालले भगिनी संस्थाको रुपमा सिएमसी क्यान्सर इन्स्टिच्युट सञ्चालनमा ल्याएको हो ।
अस्पताल परिसरमा छुट्टै भवन निर्माण गरी एक सय शय्याको इन्स्टिच्युट स्थापना गरिएको हो । इन्स्टिच्युटमा क्यान्सरका बहिरङ्ग सेवा, रेडियोथेरापी, केमो थेरापी, ब्राकी थेरापीलगायतका सेवा सुरु गरिएको छ । अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा. डा. हरिश्चन्द्र न्यौपानेका अनुसार सेवा सुरु गरिएको भए पनि औपचारिक उद्घाटन मंसिरमा गरिने छ ।
अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण अस्पतालमा ल्याएर जडान गरिएको डा न्यौपानेले जानकारी दिए । उपकरणमा मात्रै रु एक अर्ब २७ करोड बढी खर्च भइसकेको उनले जानकारी दिए । दैनिक एक सय जनासम्मलाई रेडियसन सेवा दिन सकिने गरी रेडिएसन लिन्याक एक्सिलेरेटर जडान गरिएको छ ।
क्यान्सर उपचारकै लागि अस्पतालले छ तले भवन निर्माण गरेको छ । इन्ष्टिच्युटका रेडियसन अङ्कोलोजिष्ट डा. सुवास ठाकुरले टाउकोभित्रको ट्युमरलाई बिना शल्यक्रिया उपचार गर्ने प्रविधि पनि ल्याएको बताए । उनका अनुसार ब्रेकी थेरापीमार्फत शरीरभित्र उपकरण राखेर रेडियो एक्टिभ सोर्स प्रयोग गरेर क्यान्सर कोष मार्ने प्रविधि पनि इन्ष्टिच्युटमा ल्याइएको छ । पाठेघरको क्यान्सरमा यो प्रविधिको उपचार बढी हुने गर्दछ ।
जिल्लामा ल्याइएका क्यान्सरका बिरामीलाई अन्यत्र जान नपर्ने गरी सेवा दिइने प्रबन्ध निर्देशक न्यौपानेले बताए । उनले क्यान्सरका ५० प्रतिशतभन्दा बढी बिरामी उपचारका लागि भारत जाने गरेको भन्दै अस्पतालमा भारत, अमेरिका र चीनमा काम गरिरहेकासमेत १६ क्यान्सरका विशेषज्ञ चिकित्सक रहने जानकारी दिए ।
रेडियसनसँगै ब्राकी थेरापी, स्पेक्ट सिटी स्क्यान, बोनम्यारो प्रत्यारोपण, रक्त क्यान्सरको उपचार, बाल क्यान्सरको उपचारसहित सबै खालका क्यान्सरको उपचारका लागि उपकरण खरिद गरिएको उनको भनाइ छ । अन्य उपकरण र भौतिक पूर्वाधारमा गरी रु दुई अर्बभन्दा बढी खर्च लगानी हुने अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले बताए ।
नेपालका मेडिकल कलेजमा धेरै बिरामी परीक्षण गर्ने मध्येमा यो मेडिकल कलेज पर्दछ । देवकोटाले क्यान्सर इन्स्टिच्युट सञ्चालनमा आएसँगै नेपालका बिरामी विदेश जान नपर्ने बताए । भारतीय बिरामी समेतलाई सेवा दिन सकिने उनले बताए । उनले भने, “हामी विदेश जान बाध्य बिरामीलाई यही त्योभन्दा राम्रो सेवा दिन सक्ने गरी व्यवस्थापन गर्दैछौँ ।”
जिल्लामा सरकारीस्तरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालनमा छ । बिरामी चापका कारणले रेडिएसन, केमोथेरापीलगायतका सेवा लिन पालो कुर्नुपर्ने बाध्यता छ । समयमा पालो नआउँदा बिरामी भारत जान बाध्य छन् । निजीस्तरको अस्पताल सञ्चालनमा आएसँगै ती बिरामीलाई सहज हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
इङल्याण्डमाथि शानदार जित निकालेको नेपालले भोली अस्ट्रेलियासँग खेल्ने
कात्तिक १६, २०८१ शुक्रबार
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २०० नाघ्यो
कात्तिक १६, २०८१ शुक्रबार
चाडपर्वको सामाजिकसँगै मानवीय महत्व छ : गृहमन्त्री लेखक
कात्तिक १६, २०८१ शुक्रबार
एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस
कात्तिक १६, २०८१ शुक्रबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
संस्कृति र परम्पराको संरक्षणबाट मुलुकको समृद्धि झल्किने : मुख्यमन्त्री कार्की
कात्तिक १६, २०८१ शुक्रबार
कम्युनिष्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दैछ: माधव नेपाल
कात्तिक १६, २०८१ शुक्रबार