मुक्तिनाथ विकास बैंकको शेयर आम्दानी प्रभावित
नेपालबहस संवाददाता
कात्तिक ११, २०७९ शुक्रबार १८:४५:४५
११ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा मुक्तिनाथ विकास बैंकको खुद नाफासँगै प्रति शेयर आम्दानी प्रभावित भएको छ । एक वर्षको अवधिमा बैंकको खुद नाफा ११.०५ प्रतिशतले घटेर ३० करोड ७४ लाख १५ हजार रुपैयाँमा सीमित भएको छ ।
अघिल्लो वर्षको यसैअवधिमा यसले ३४ करोड ५५ लाख ८७ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । एक वर्षको अवधिमा बैंकको इम्पेरिमेन्ट चार्ज बढेकाले र सञ्चालन नाफा घटेकाले खुद नाफा प्रभावित भएको हो ।
यसअवधिसम्म सञ्चालन नाफा ११.०५ प्रतिशत ले घटेर ४३ करोड ९१ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्ष सो नाफा ४९ करोड ३६ लाख रुपैयाँ रहेको थियो । गत वर्ष १७ करोड ४८ लाख रुपैयाँ रहेको इम्पेरिमेन्ट चार्ज यो वर्ष बढेर २५ करोड १ लाख रुपैयाँ पुगेको छ ।
यता, खुद ब्याज आम्दानी भने २२.२४ प्रतिशतले बढेर १ अर्ब २ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।बैंकको वितरणयोग्य नाफा ८१ करोड ४७ लाख रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा १ अर्ब ९५ करोड रुपैयाँ जम्मा भएको छ । गत वर्षको चौथो त्रैमासमा बैंकको जगेडा कोषमा १ अर्ब ६२ करोड २१ लाख रुपैयाँ रहेको थियो । यसको चुक्ता पुँजी ५ अर्ब ६५ करोड ७१ लाख ८० हजार रुपैयाँ छ ।
असोज मसान्तसम्म आइपुग्दा बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ७० पैसाले घटेर २१ रुपैयाँ ७४ पैसा कायम भएको छ । गत वर्षको पहिलो त्रैमासमा यसको प्रतिशेयर आम्दानी २४ रुपैयाँ ४४ पैसा रहेको थियो । कम्पनीको प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ५८ पैसा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशाइन रेसुंगा डेभलपमेन्ट बैंकको एजीएम आज
पुष १९, २०८१ शुक्रबार
महालक्ष्मी विकास बैंकका ग्राहकहरूलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
मंसिर २६, २०८१ बुधबार
महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
मंसिर २५, २०८१ मंगलबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार