इम्पेरिमेन्ट चार्ज बढेसँगै मेगा बैंकको खुद नाफा घट्यो
नेपालबहस संवाददाता
कात्तिक ११, २०७९ शुक्रबार १९:३४:५१
११ कात्तिक, काठमाडौं । इम्पेरिमेन्ट चार्ज बढेसँगै मेगा बैंकको खुद नाफा घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा बैंकले ५० करोड ९१ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा ४४.३३ प्रतिशतले कम हो ।
गत वर्षको यही अवधिमा बैंकले ९१ करोड ४६ लाख ८६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । गत वर्ष २९ करोड ३१ लाख ३२ हजार रुपैयाँ रिभर्समा रहेको इम्पेरिमेन्ट चार्ज यो वर्ष ४९ करोड ९८ लाख ७२ हजार रुपैयाँ पुगेको हो ।
यसअवधिसम्म सञ्चालन नाफा ४५।९९ प्रतिशत ले घटेर ७० करोड ५९ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ३० करोड ७१ लाख रुपैयाँ नाफा कमाएको थियो । सञ्चालन नाफा घटेकाले पनि खुद नाफा प्रभावित भएको हो । यता, खुद ब्याज आम्दानी भने १८।६० प्रतिशत ले बढेर १ अर्ब ७९ करोड ९५ लाख रुपैयाँ पुगेको छ ।
बैंकको वितरणयोग्य नाफा १ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा ४ अर्ब ६१ करोड रुपैयाँ जम्मा भएको छ । गत वर्षको चौथो त्रैमासमा कम्पनीको जगेडा कोषमा ४ अर्ब ६९ करोड १३ लाख रुपैयाँ जम्मा रहेको थियो । चुक्ता पुँजी १६ अर्ब १२ करोड ४ लाख ६१ हजार रुपैयाँ छ ।
असोज मसान्तसम्म आइपुग्दा मेगा बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८४ पैसाले घटेर १२ रुपैयाँ ४ पैसा कायम भएको छ । गत वर्षको पहिलो त्रैमासमा यसको प्रतिसेयर आम्दानी २४ रुपैयाँ २४ पैसा रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ८८ पैसा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार
नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २४, २०८१ बुधबार
सिद्धार्थ बैंकको पुस २८ गते एजीएम बस्दै
पुष २४, २०८१ बुधबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार