सत्ता गठबन्धनद्वारा आधिकारिक उम्मेदवारको सूची सार्वजनिक,नमिलेका क्षेत्रमा मित्रवत प्रतिस्पर्धा गर्ने
नेपालबहस संवाददाता
कात्तिक ११, २०७९ शुक्रबार २०:५५:२८
११ कात्तिक, काठमाडौं । सत्ता गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उठाइएका आधिकारिक साझा उम्मेदवारहरुको सूची सार्वजनिक गरेको छ । गठबन्धनका शीर्ष नेताहरुले सहमति नजुटेका क्षत्रमा आपसी सद्भावका साथ मित्रवत प्रतिस्पर्धा गर्ने सहमति पनि गरेका छन् । उनीहरुले एक आपसमा मित्रवत प्रतिस्पर्धा गर्दा एकले अर्को उम्मेदवारका विषयमा असर पार्ने खालका क्रियाकला पनि नगर्न आग्रह गरेका छन् ।
सत्ता गठबन्धनमा सहमति नहुँदा काठमाडौंको क्षेत्र न. ३ र क्षेत्र न. १० मा नेपाली कांग्रेस र नेकपा माओवादीका छुट्टाछुट्टै उम्मेदवार खडा भएका छन् । यी क्षेत्रमा सहमति नभएपछि दुवै दलका उम्मेदवारले मित्रवत प्रतिस्पर्धा गर्ने भएका हुन् । यस्तै सुदूरपश्चिम क्षोत्रमा पनि नेकपा एकीकृत समाजवादीले गठबन्धन नगर्ने भन्दै आफ्ना उम्मेदवार उठाएको छ । ती क्षेत्रमा पनि मित्रवत प्रतिस्पर्धा गरिने भएको छ ।
आज बसेको चार दलका शीर्ष नेताहरूको बैठकपछि आधिकारिक उम्मेदवार सूची सार्वजनिक गरेको हो। प्रतिनिधिसभा निर्वाचन क्षेत्रतर्फ १६५ र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा गठबन्धनबाट लड्ने उम्मेदवारको सूची सार्वजनिक गरेको हो ।
केही ठाउँमा अझै पनि उम्मेदवारीबारे विवाद रहेको भन्दै गठबन्धनले छिट्टै विवाद समाधान गर्ने प्रतिवद्धता पनि जनाएको छ। जसमध्ये केही निर्वाचन क्षेत्रमा मित्रवत प्रतिस्पर्धा गर्ने गठबन्धनमा सहमति भएको छ । गठबन्धनकै उम्मेदवारी रहेका क्षेत्रमा गठबन्धनकै दलबाट बागी उम्मेदवार कायमै छन् । जसले चुनाव हार्ने चिन्ता शीर्ष नेताहरुले व्यक्त गर्दै आएका छन् ।
कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र,, लोसपा र जनमोर्चा आवद्ध रहेका यो गठबन्धनको मुख्य प्रतिस्पर्धा प्रमुख विपक्षी दल नेकपा (एमाले), जसपा, राप्रपालगायत दल आवद्ध भएका गठबन्धनसँग हुने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
अपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुष २५, २०८१ बिहिबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार