सुदूरगार्मेन्ट, सस्तो तथा सुलभ मूल्यमा फेन्सी
नेपालबहस संवाददाता
कात्तिक ११, २०७९ शुक्रबार २२:१३:१९
♦ राजकुमार साउद
११ कात्तिक, सहजपुर । ‘सुदूरगार्मेन्ट’ कैलालीको गोदावरी नगरपालिकामा मात्र नभई आसपासका अन्य पालिकामा पनि चर्चित नाम हो । गोदावरी नगरपालिका–६ लालपुरमा रहेको उक्त गार्मेन्टले सस्तो तथा सुलभ मूल्यमा फेन्सीका सबै सामान प्रदान गर्न थालेपछि सबैको प्रिय बनेको छ । उक्त गार्मेन्टका सञ्चालक हुन्, सोही वडामा बस्ने रमेश महता ।
विसं २०७३ मा छरछिमेकसँग सापटी लिएर कैलालीकै गोदावरी नगरपालिका–६ लालपुरमा उक्त गार्मेन्ट सञ्चालनमा ल्याएका उनले गार्मेन्टसम्बन्धी आफ्नो लामो अनुभव र श्रीमतीले पनि सिलाइसम्बन्धी काम गरेकीले व्यवसाय सञ्चालनमा सहजता आएको बताए । “सुरुआती चरणमा गार्मेन्ट अगाडि बढाउन केही समस्या थियो तर मैले लामो समयसम्म गार्मेन्टमा काम गरेको र श्रीमतीले पनि सिलाइकटाइसम्बन्धी सीप सिकेको हुँदा सोचे जति अप्ठ्यारो भएन”, महताले भने, “थोरै लगानीबाट सुरु गरेको गार्मेन्टले राम्रो प्रगति गर्दै उद्योगको रुप लिएको छ ।”
छ वर्षअगाडि रु पाँच लाखको लगानीमा स्थापना गरिएको उद्योगको लगानी अहिले बढेर रु तीन करोड भन्दाबढी पुगेको छ । सुरुमा गार्मेन्टमा उत्पादन गरिएका लुगा कपडा गार्मेन्टकै अगाडि खोलेको पसलबाटै बिक्री वितरण गर्दै आएका उनले अहिले छिमेकी बजारका साथै सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा कपडा पठाउँदै आएका छन् । लत्ताकपडा ढुवानीका लागि अहिले उनले गाडीसमेत खरिद गरिएको छ ।
गार्मेन्टमा उत्पादन गरिएका कपडा मोटरसाइकलबाट ढुवानी गर्न समस्या भएपछि आफूले गाडी खरिद गरेको महताले बताए । विद्यालयका ट्र्याक सुट, जर्सी, ज्याकेट, टिसर्टलगायत अर्डरअनुसारको सबै प्रकारको कपडासमेत गारमेन्टमा उत्पादन हुन्छ । झण्डै १० वर्ष भारत, दुई वर्ष विदेश र एक वर्ष काठमाडौंमा गार्मेन्टकै क्षेत्रमा काम गरेका उनी नोकरीको सिलसिलामा विभिन्न ठाउँमा सँगालेका अनुभवलाई आफ्नै क्षेत्रमा प्रयोग गरेर मालिक बन्न सफल भएका हुन् ।
घरपरिवारभन्दा बाहिर बसेर मासिक रु ४० हजार जति कमाउँदै आएका महताले अहिले सबै खर्च कटाएर वार्षिक रु १०÷१२ लाख आम्दानी गर्दै आएको जानकारी दिए । उनले सञ्चालनमा ल्याएको गार्मेन्टमा अहिले स्थानीय १५ जनाले रोजगारीसमेत पाएका छन् । “गारमेन्टमा मैले १५ जनालाई रोजगारी दिएको छु”, महताले भने, “काम गर्ने कामदारहरुलाई सुरुआतमा करिब एक महिनासम्म तालिम दिएर काममा राख्ने गरेको छु, जसले गर्दा उनीहरुको पनि सीप अभिवृद्धि भइरहेको छ ।”
गार्मेन्टमा आवश्यक पर्ने कच्चापदार्थ काठमाडौं र भारतबाट ल्याउने गरेको र बाहिरबाट आएको कपडाभन्दा गार्मेन्टमा तयार पारिएको कपडा सस्तो हुने उनले बताए । गार्मेन्टबाटै महताले एउटा गाडी किन्नाका साथै सोही ठाउँमा जग्गा किनेर घर बनाउनाका साथै सोही घरमा गार्मेन्ट राखेका छन् ।
उनको गार्मेन्टमा हाल १२ वटा मेसिन रहेकामा समय अनुकूल भए लगानी बढाएर ३० देखि ३५ वटासम्म मेसिन सञ्चालनमा ल्याउने योजना बनाएको उनले बताए । स्थानीयस्तरमा हुने खेलकुदका कार्यक्रममा उल्लेखनीय योगदान दिँदै आएका महताले समाजमा हुने अन्य विकास र निर्माणका कार्यका साथै अनाथ एवम् असहायहरुलाई पनि सहयोग गर्दै आएका छन् ।
समस्याले नै बनायो गार्मेन्ट मालिक
डडेल्धुराको भागेश्वर गाउँपालिका–५, बगरकोट सिराडबाट कैलालीको गोदावरी नगरपालिका–६, भुएरामा बस्दै आएका उनको बाल्यकाल सुखद रुपमा नै बित्यो । विसं२०४३ फागुन ७ मा जन्मनु भएका महता उतिबेला कक्षा १० मा पढ्दा पढदै तत्कालीन नेकपा माओवादीको जनआन्दोलनको डरले पढाइ छाडेर साथीसँग भारतको दिल्ली पुगे । भारत पुगेपछि खानकै लागि पहिले चिया बनाएर बेच्न थाल्नुभयो । केही महिनापछि दिल्लीमै हार्नेस बनाउने कम्पनीमा काम गर्न थाले तर यो कामबाट पनि चित्त नबुझेपछि उनी एक महिनासम्म गार्मेन्टको सीप सिकेर सोही कम्पनीमा जागिर पाए ।
भारतका विभिन्न गार्मेन्ट कम्पनीमा काम गरेका महताले झन्डै १० वर्ष भारतका विभिन्न गार्मेन्ट उद्योगमा काम गरेरेर उतिबेलै करिब ३५ देखि ४० हजारसम्म भारतीय रुपैयाँ कमाउने गरेको सुनाए । माओवादीको डर सकिएपछि भारतमा सिकेको सीप लिएर उनी नेपाल फर्किए ।
नेपालमा आएपछि कञ्चनपुरकी मीना महतासँग विवाह गरेका उनले परिवार पाल्नुकै लागि काठमाडाैं आएर करिब एकवर्ष जति गार्मेन्टकै काम गरेपछि त्यहीँबाट मलेसिया पुगेर गार्मेन्ट कम्पनीमै करिब दुई वर्ष काम गर्नुभयो । त्यहाँबाट फर्केपछि उनले आफ्नै गार्मेन्ट खोलेर बस्ने योजनाअनुसार नै सुदूर गार्मेन्टको सुरुआत भएको थियो । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार