उम्मेदवारसँग बाढिपीडितकाे माग : ‘नोट र राहत होइन, तटबन्ध चाहियो’
नेपालबहस संवाददाता
कात्तिक १३, २०७९ आइतबार १७:८:७
१३ कार्तिक, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-१२ तिलकी, चन्दापुर, दुवाहा, एकान्तकुना, शान्तिटोल, जाइजालालगायत बाढी संकटासन्न क्षेत्रका रूपमा परिचित छन् ।
हरेक वर्ष बाढीले यी क्षेत्रमा निकै ठूलो विनाश निम्त्याउँदै आएको छ । यस वर्षको असोजमा आएको बाढीले निकै ठूलो क्षति पुर्यायो । वनहरा नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुल बाढीले बगायो । पुल बगेपछि स्थानीय बासिन्दा पुरानै अवस्थामा फर्किएका छन् । वर्षातमा जोखिम मोलेर नदी तर्नुपर्ने र हिउँदमा अस्थायी काठको पुल बनाएर नदी पार गर्ने गरेका छन् ।
यस वर्षको बाढीबाट दुई दर्जन बढी बासिन्दा विस्थापनमा परे । २० बिघा बढी जग्गामा लगाइएको उखु, सखरखण्डी, बदाम (मुमफली), धानलगायतका बालीमा निकै ठूलो क्षति पुग्यो । पाँच बिघा जग्गा नदीले कटान गर्दा बगरमा परिणत भयो । दोदा र वनहरा नदीको बाढीले दर्जनौँ परिवार प्रतिवर्ष प्रभावित हुँदै आए पनि सुनवाइ नहुने गरेको रामबहादुर डगौराले गुनासो गरे ।
‘नदीमा बलियो तटबन्ध निर्माण नहुँदा प्रतिवर्ष बाढीको चपेटामा पर्ने गरेका छौं’ उनले भने, ‘तटबन्ध निर्माणका लागि गुरुयोजनासहित आउने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारलाई यसपटक मतदान गर्छौं ।’
‘नोट पनि चाहिएन, राहत पनि चाहिएन हामीलाई तटबन्ध मात्रै चाहियो” लक्ष्मण रानाले भने, ‘यसकै ग्यारेण्टी गर्ने उम्मेदवारको खोजीमा छौँ, तटबन्ध निर्माण नगर्ने, गफमात्रै चुट्नेलाई यसपटकको निर्वाचनमा मत हालिँदैन ।’ तिलकी गाउँ छिर्ने सडकमै बाढी प्रभावित परिवारले तटबन्ध निर्माणका लागि प्रतिवद्धता नगर्ने उम्मेदवारलाई प्रवेश निषेधको व्यानर टाँगेका छन् । बाढी प्रभावित परिवारले सङ्घर्ष समिति गठन गरेर तटबन्धको माग अघि सारेका छन् ।
‘गाउँमा पुल पुलेसा, सडक, खानेपानीलगायतको कुनै विकास चाहिको छैन, बाढीबाट बस्ने बासस्थान, अन्न फल्ने खेत र ज्यान जोगाउनका लागि तटबन्धमात्रै चाहिएको छ’, धुर्का रानाले भने, ‘यसकै माग गरेका छौं ।’
विगतका निर्वाचनमा मत माग्न आउने उम्मेदवारसँग तटबन्धको माग नगरेका होइनौँ, प्रतिबद्धता सबैले गरे, चुनाव नजितेका त बस्तीमा फर्केनन्, जितेर गएकाहरूले पनि तटबन्ध बनाउन चासो देखाएनन्, त्यसैले तटबन्ध बनाउने बाचा गरेर नफर्केका अहिलेको चुनावमा फेरि उम्मेदवार बनेर आएका छन्, त्यस्तालाई सचेत गर्न व्यानर टाँगेर निषेध गरेको संघर्ष समितिमा आवद्धहरूको भनाइ छ ।
स्थानीय बासिन्दाका अनुसार छवटै गाउँमा विसं २०२० मा बस्ती बस्नु सुरु भएको हो । बाढीकै कारण अहिलेसम्म बस्ती छाडेर ९५ परिवार अन्यत्र बसाइँ सरेका छन् । “बाढीबाट वर्षात्का बेला कुन बेला ज्यान जाने हो भन्ने चिन्ता छ, सुरक्षित स्थान भनेकै नजिकको लालझाडी वन क्षेत्र हो”, जयराम रानाले भने, ‘बस्तीलाई बाढीबाट जोगाउनका लागि कार्य अगाडि नबढाइए वन क्षेत्र नै कब्जा गररेर बस्नुको विकल्प छैन, वर्षौंदेखि तटबन्धको माग गर्दै आए पनि बनेको छैन, विकल्प खोज्नु हाम्रा लागि बाध्यता छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअत्यधिक चिसोसँगै काठमाडौं उपत्यका विश्वको पाँचौ प्रदूषित सहरमा
पुष २२, २०८१ सोमबार
क्षमताभन्दा तीन गुणाभन्दा बढी कैदिबन्दी हुँदा व्यवस्थापनमा समस्या
पुष २२, २०८१ सोमबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
पुष २२, २०८१ सोमबार
प्रहरीद्वारा लागुऔषध ‘ट्रामाडोल’ बरामद, एकजना पक्राउ
पुष २२, २०८१ सोमबार
मलेसियाको जेलमा रहेका पूर्व नेता नजिबले बाँकी सजाय घरमा नै बिताउन पाउने
पुष २२, २०८१ सोमबार
सरकारले बढायो सार्वजनिक यातायातको भाडा
पुष २२, २०८१ सोमबार
सुन गोहोरोसहित दुई जना पक्राउ
पुष २२, २०८१ सोमबार
निष्पक्ष पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ होः राष्ट्रपति पौडेल
पुष २२, २०८१ सोमबार