चीनलाई छलेर भारतबाट २० लाख राउण्ड गोली खरिद गर्दै नेपाली सेना !
नेपालबहस संवाददाता
कात्तिक १४, २०७९ सोमबार १७:२२:२६
१४ कात्तिक, काठमाडौं । नेपाली सेनाले यसअघि चीनबाट खरिद गर्दै आएको गोली गड्डा यसपटक भने भारतबाट ल्याउने तयारी गरेको छ । विगत केही वर्षदेखि नेपाली सेनाले चीनबाट यस्ता गोली आवश्यक मात्रामा खरिद गर्दै आएको थियो । यो पटक भने सेनाले चीनको एकाधिकारलाई तोड्दै गोप्य रुपमा भारतीय कम्पनीबाट २० लाख राउण्ड गोली खरिद गर्न लागेको छ ।
नेपाली सेनाले प्रयोग गर्ने राइफलमा लाग्ने गोली भारतीय कम्पनीबाट खरिद गर्न लागेको हो । सरकारी पहलमा सो गोली भारतीय कम्पनीबाट खरिद गर्न लागेको नेपाली सेनाका एक उच्च अधिकारीले जनकारी दिएका छन् । सैनिक उच्च स्रोतका अनुसार सेनाले प्रयोग गर्ने असल्ट राइफलको गोली भारतीय कम्पनी उपलब्ध गराउन लागेको हो । यो विषयमा ग्लोबल टेण्डर भएपनि पछि रोकिएको र सरकारमार्फत खरिद गर्न लागिएको हो ।
स्रोतका अनुसार भारतको आन्द्रप्रदेशमा रहेको एक कम्पनीमा उत्पादित गोली नेपाली सेनालाई पठाउन लागेको छ । ५ दशमलव ५६ एमएमको गोली नेपाली सेनाले पाउनेछ । नेपाल सरकार भारत सरकारबीच भएको ‘जी टु जी’सम्झौता अनुसार सो गोली उपलब्ध हुन लागेको भएपनि नेपाली सेना र रक्षा मन्त्रालयले कुनै पनि धारणा सार्वजनिक गरेका छैनन । ‘गोली खरिदको विषयमा आधिकारिक धारणा आउदैन यसैगरी खरिद गर्ने हो, पहिला चिन सरकारले उपलब्ध गराउदा पनि बाहिर हल्ला भएको थिएन’, स्रोतले भन्यो ।
भारतले २० लाख राउण्ड गोली दिएसँगै आठ वर्षदेखि चीनले उपलब्ध गराउदै आएको गोलीमा कटौति भएको छ । ‘यसअघि सोही एमएमको गोली चीनले उपलब्ध गराउदै आएको थियो तर यसपटक भारतले २० लाख राउण्ड गोली पठाउदैछ, आठ वर्षदेखिको चिनियाँ एकाधिकार तोडिएको छ, लामो समय चिन सरकारसँग गोली खरिद गरेको विषयलाई सेनाले पनि गोप्य नै राखेको थियो’, एक उच्च सैनिक अधिकृतले भने । नेपाली सेनाले प्रयोग गर्दै आएका अधिकांश हतियारहरु भारतसँग खरिद गर्ने गरेको भएपनि द्वन्दकालमा भारतसँग खरिद गरेको हतियार इन्सास राईफलले धोका दिएको थियो ।
जसका कारण द्वन्दकालमा नेपाली सेना र माओवादीबीच भिडन्त हुँदा सेनाले नसोचेको क्षति व्योहोर्नु परेको थियो । ‘समयमै काम नगरेपछि ठूलो क्षति व्यहोर्नुपरेदेखि नेपाली सेनाले भारतसँग हतियार खरिद रोकेको थियो’, स्रोतले भन्यो ‘अनुदानमा आएको बाहेक हतियार खरिद कार्य रोकिएको थियो अहिले २० लाख थान गोली खरिद गर्न लागेको हो ।’
नेपाली सेनाले चीनसँग खरिद गरेका गोली प्रयोग गर्दै आएकोमा यसपटक भारत सरकारसँग जीटुजी सम्झौता गरेर ती गोली ल्याउन लागेको हो । भारतको आन्द्रप्रदेशमा एक हतियार कारखना रहेको र सोही कारखानामा उत्पादित गोली नेपाल आउने सेनाका अधिकारीहरुको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन
मंसिर १२, २०८१ बुधबार
सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल
मंसिर १२, २०८१ बुधबार
नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने
मंसिर १२, २०८१ बुधबार
अनलाइन जुवा र क्रिप्टोमा ५५ करोडको कारोबार गर्ने एकजना पक्राउ
मंसिर १२, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा राणा चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १२, २०८१ बुधबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार