स्याङ्जामा यसबर्ष सुन्तला उत्पादनमा बृद्धि
नेपालबहस संवाददाता
कात्तिक १४, २०७९ सोमबार २३:५१:१३
१४ कात्तिक, स्याङ्जा । यसबर्ष स्याङ्जामा सुन्तलाको उत्पादनमा अचाक्ली बृद्धि छ। फल उत्पादनलाई हेर्दा यसबर्ष यहाँ एक अरब मूल्य बराबरको सुन्तला उत्पादन हुने अनुमान गरिएको छ। बिगत १० बर्षकै उत्कृष्ट उत्पादन भएको सरकारी निकाय एवं अगुवा किसानहरुको भनाई छ। सुन्तलाका दाना पनि छिटो पुष्टिए, दाना पनि राम्रा भएको उनीहरुको भनाई छ।
कृषि ज्ञान केन्द्रका प्रमुख बिनोद हमालका अनुसार ‘गतबर्षको तुलनामा यसबर्ष ३० देखि ४० प्रतिशत बढी उत्पादनमा बृद्धि भएको अनुमान छ। एक महिनापछि हुने जस्ता दाना अहिले नै टम्म र पुष्ट देखिएका छन्।’ सुन्तलाका बोटले नै धान्न कठिन हुनेगरी फल लागेका छ। प्रायजसोः बोटमा टेको लगाइएको छ। सुन्तलाका दाना पहेंला÷पहेंला र गुलियोपन भरिएको छ। यस्तो अवस्था देखिन बिगतका बर्षमा कात्तिकको अन्तिम साता कुनुपर्दथ्यो।
अघिल्लो बर्ष भन्दा गतबर्ष सुन्तला कम फलेका थिए। तर, अहिले अचाक्ली सुन्तलाका दाना लागेको अग्रज सुन्तला किसान फणिनारायण अर्यालले जानकारी दिए। झण्डै ८० रोपनीमा सुन्तला खेती गर्दै आएका अर्यालले भने, ‘यसबर्ष मेरो बगैंचामा गतबर्ष भन्दा ३५ प्रतिशतले बढेको छ। सुन्तलाका दाना राम्रा र पुष्टिएका छन्। बजारको चिन्ता लाग्न थालेको छ।’
गतबर्ष प्रतिकुल रहेको अवस्थामा पनि स्याङ्जाले ७६ करोड १२ लाख रुपैंया बराबरको सुन्तला उत्पादन भएको थियो। जिल्लामा झण्डै २ हजार हेक्टरमा सुन्तला खेती हुन्छ। स्याङ्जाको हावापानी सुन्तला खेतीका लागि उपयुक्त छ। ती मध्ये १ हजार ७ सय हेक्टरमा मात्र सुन्तला उत्पादन लिन सकिन्छ। भने बाँकी झण्डै २÷४ सय हेक्टरमा सुन्तलाका बिरुवा हुर्कदो अवस्थाका छन्।
अघिल्लो बर्ष १७ हजार ६ सय ३२ मेट्रिक टन सुन्तला उत्पादन भएकोमा गतबर्ष १३ हजार ८ सय ४० टन मात्र उत्पादन भएको थियो। यहाँ उत्पादित सुन्तला मध्ये किसानले २५ प्रतिशत आफैं उपभोग गर्दछन् भने ७५ प्रतिशत सुन्तला बिक्री बितरण गर्छन्। झण्डै २० प्रतिशत सुन्तला स्थानीय बजारमा खपत हुन्छ भने ८० प्रतिशत सुन्तला जिल्ला वाहिर निर्यात गरिन्छन्। नारायणघाट, बुटवल, पोखरा, र काठमाडौं सुन्तलाका मुख्य बजार हुन।
कात्तिकको अन्तिम सातादेखि खान थालेको सुन्तला फागुनको पहिलो सातासम्म रहन्छ। सुन्तला बिरुवा रोपेको ५ देखि ७ बर्षभित्रमा फल दिने हुदाँ सुन्तला खेतीप्रति किसानको आकर्षण बढ्दो छ। त्यसमा पनि स्थानीय पालिका, सुन्तला सुपरजोन र ज्ञान केन्द्रको सहयोग रहेको प्रधानमन्त्री कृषि आधुनिकिरण सुन्तला सुपरजोनका प्रमुख माधव लम्सालले बताए।
नेपालमै सबैभन्दा राम्रो सुन्तला उत्पादन हुने भएकाले यहाँ सुपरजोन परियोजना कार्यान्वयनमा छ। यसबर्ष मौसमले पनि साथ दिएको र बिगतका बर्षका तुलनामा औंसा लगायतका किराको आक्रमण पनि कम देखिएको बताइएको छ।
जिल्लाभर साना ठुलागरी झण्डै ४ हजार भन्दा बढी सुन्तलाका बगैचा छन्। स्याङ्जाका ६÷७ वडा बाहेक जिल्लाभर सुन्तला खेती अन्त्यन्तै राम्रो हुन्छ। सुन्तलालागि उपयुक्त भुगोल भएकाले प्रधानमन्त्री सुन्तला सुपरजोन कार्यक्रम समेत यहाँ संचालनमा छ। पुतलीबजार, भीरकोट, वालिङ् नगरपालिका र अर्जुन गाँउपाालिकाका १७ वटा वडाहरुलाई समेटेर सुन्तला सुपरजोन परियोजना छ। किसानहरुले सहकारी, समूह र निजी फार्म दर्तागरी सुन्तला खेती गर्दै आएका छन्।
पुतलीबजार, वालिङ, भीरकोट र गल्याङ नगरपालिका सहित फेदीखोला, बिरुवा, अर्जुनचौपारी, आँधीखोला र हरिनास गाउँपालिकाका सुन्तला पकेट क्षेत्र हुन। चापाकोट नगरपालिका बाहेक जिल्लाका सबै पालिकामा सुन्तलाकोे उत्पादन राम्रो छ। सुन्तलाबाटै बर्षेनी लाखौ रुपैंया आम्दानी गर्ने धेरै किसानहरु स्याङ्जामा छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैदेशिक रोजगारी त्यागेर जुनारखेती
पुष २६, २०८१ शुक्रबार
गुल्मीमा सुन्तला उत्पादन बढ्यो, कृषक खुसी
पुष २६, २०८१ शुक्रबार
सत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
पुष २२, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
आर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार
जर्मनीमा पहिलो पटक अत्यधिक भाइरल सङ्क्रमण पुष्टि
पुष २७, २०८१ शनिबार
चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण
पुष २७, २०८१ शनिबार
जुम्लामा आठ हजार आठ २९ छात्रालाई क्यान्सरविरूद्धको खोप लगाउने तयारी
पुष २७, २०८१ शनिबार
क्यालिफोर्निया आगलागीमा लुटपाट बढे पछि लगाइयो कर्फ्यु, २० पक्राउ
पुष २७, २०८१ शनिबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार