बर्दिया-१ मा पहिले जेठान हराएका कांग्रेस नेता गौतम अहिले ज्वाँइसँग भिडदै, निर्णायक मत भने बामदेवकै कब्जामा
नेपालबहस संवाददाता
कात्तिक १५, २०७९ मंगलबार १७:६:२१
♦ दीपककुमार शर्मा
१५ कात्तिक, बर्दिया । २०७४ को आम निर्वाचनपछि निकै चर्चामा आएको बर्दिया क्षेत्र न.१ को चुनावी माहोल यतिबेला निकै तातेको छ । २०४६ सालको परिवर्तनपछि लालकिल्लाका रुपमा चिनिएको यो क्षेत्रमा गत निर्वाचनमा कांग्रेसका उम्मेदवार संञ्जय गौतमले नेपाली राजनीतिमा निकै शक्तिशाली मानिएका तत्कालिन बाम गठबन्धनका उम्मेदवार बामदेव गौतमलाई पराजित गरेपछि राष्ट्रिय चर्चामा आएको यो क्षेत्र अहिले थप चर्चामा छ ।
पार्टी एकताको लक्ष्यसहित नेकपा एमाले र माओवादीबीच गठबन्धन गरेर २०७४ को निर्वाचनमा आएका बामदेव गौतमलाई पराजित गर्दै चर्चा बटुलेका काग्रेस नेता सञ्जय गौतम यसपटक बामदेव गौतमकै ज्वाईसँंग प्रतिस्पर्धा गरिरहेका छन । गौतम अहिले सत्ता गठबन्धनका साझा उम्मेदवार पनि हुन् । लालकिल्लाका रुपमा परिचित बर्दियामा माओवादीको उदयसँगै एमालेको लालकिल्ला माओवादीले खोसेको थियो ।
माओवादी र नेकपा एमालेको बलियो पकड भएको यो क्षेत्रमा पछिल्लो पटक २०७४ सालको निर्वाचनमा एमाले र माओवादी एक भएकै बेला सञ्जयले बामदेवलाई ७ सय ५३ मतान्तरले पराजित गरेपछि बामदेव गौतमकाे राजनीतिक भविश्य नै अहिले संकटमा परेको छ । अहिले राजनीतिक परिदृष्य बदलिएकाले पनि गठबन्धनका साझा उम्मेदवार संञ्जयलाई थप सहज हुने अनुमान गरिएको छ ।
अहिले नेकपा एमाले एक्लै चुनावी मैदानमा छ भने संञ्जयलाई गठबन्धनमा रहेका दलहरुको साथ रहेको छ । यसपटक उनीसँग प्रतिस्पर्धाका लागि नेकपा एमालेले बामदेवका ज्वाई लक्ष्मण ज्ञवालीलाई चुनावी मैदानमा उतारेको छ । २०७४ सालको निर्वाचनमा पराजित भएका बामदेव गौतमका सहोदर ज्वाई लक्ष्मण ज्ञवालीसँंग प्रतिस्पर्धा गर्न लागेका संञ्जयले भने यसलाई संयोग मानेका छन् ।
स्थानीय तहको नतिजालाई हेर्ने हो भने गुलरिया नगरपालिकामा नगरप्रमुख र उपप्रमुख नेपाली कांग्रेसले जितेको छ । बारबर्दिया नगरपालिकामा पनि नेपाली कांग्रेसले प्रमुख र उपप्रमुख जितेको छ । बढैयाताल गाँउपालिकामा अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेकपा एमाले र बासगढी नगरपालिकाममा प्रमुख र उपप्रमुख नेकपा एमालेले जितेको छ ।
नेकपा एमाले स्थानीय तहमा पराजित भएको मतान्तर भने कम रहेको छ । यसले गर्दा २०७९ साल मंसिर ४ गते हुने प्रतनिधिसभा र प्रदेशसभाको निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने निश्चित देखिन्छ । कुनै समयमा नेकपा एमालेको बलियो क्षेत्र रहेको अवस्थामा पछिल्लो पटक नेकपा एमाले विभाजन भएसगै त्यसको प्रभाव नेकपा एमाले भित्र परेको देखिन्छ । त्यसको परिणाम नै गुलरिया नगरपालिका र बढैयाताल गाँउपालिकामा एमालेका उम्मेदवार कम मतान्तरमा हार व्यहोरका थिए ।
निर्दलिय पञ्चायती शासनको बिरुद्ध संघर्षकै क्रममा जेलजीवन व्यतित गरेका नेकपा एमालेका नेता लक्ष्मण ज्ञवाली राजनीतिमा बौद्धिक नेताको रुपमा परिचित छन । तत्कालिन अवस्थामा माले हुँदै एमाले प्रवेश गरेका ज्ञवाली राजनीतिक व्यक्तित्व समेत हुन । नाताले बामदेव गौतमका सहोदर ज्वाई रहेका ज्ञवालीलाई निर्वाचनमा जित निकाल्न सहज नभएपनि गठबन्धनका उम्मेदवार संञ्जय गौतमलाई पनि सहज देखिदैन् ।
गएको ५ वर्षको अवधिका गौतमले गरेका क्रियाकलापबाट असन्तुष्ट रहेका मतदाताहरुले यसपटक फेरी पनि नयाँ अनुहार ल्याउन सक्ने राजनीतिक विश्लेषकहरुको अनुमान गरेका छन । प्रदेशसभामा नेपाली कांग्रेसका पुराना नेता स्वतन्त्र उम्मेदवार बनेपछि त्यसको असर संघीय निर्वाचन क्षेत्रमा पर्ने धेरैको अनुमान रहेको छ ।
आफनो क्षेत्रमा राम्रो प्रभाव पारेका र पार्टिभित्र पनि राम्रो पहिचान बनाएका सुभाष पोखरेलले क्षेत्र न १ को (ख) बाट उम्मेदवार बनेका कारण गठबन्धनबाट सोही क्षेत्रमा उम्मेदवार बनेका माओवादी केन्द्रका अञ्जु दहितलाई अप्ठेरो हुने र त्यसको प्रभाव संघीयमा समेत पर्ने बताइएको छ ।
प्रदेशसभामा गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका नेत्री अञ्जु दहितको व्यक्तिगत प्रभाव गुलरिया नगरपालिकामा शुन्य रहेको छ भने उनले पाउने मत भनेको माओवादी र नेपाली कांग्रेसको मत हो । नेपाली कांग्रेसले इमान्दारिता देखाउँदै सुभाष पोखरेललाई मत नदिएर अन्जु दहितलाई भोट दिएमा अन्जु दहितको जित निश्चित देखिन्छ । तर, इमान्दारिता भएन भने नेकपा एमालेका उम्मेदवारहरुले जित निकाल्ने सम्भावना पनि बलियो बनेको छ ।
नेपाली कांग्रेसले सुभाष पोखरेललाई मनाउन नसक्नु कांग्रेसका लागि बाधा पुग्ने देखिएको छ । सुभाष पोखरेललाई प्रदेशमा भोट हाल्ने मतदाताहरुले संघमा पनि कांग्रेसलाई भोट नहाल्ने बुझिएको छ । यता नेकपा एकीकृत समाजवादीका बखतबहादुर खडका पनि चुनावी मैदानमा रहेका छन । गठबन्धनबाट १ को (क) बाट नेपाली कांग्रेसका भुवनेश्वर चौधरी चुनावी मैदानमा रहेका छन ।
उनले नेकपा एमालेका शालिकराम अधिकारीसँंग प्रतिस्पर्धा गर्ने भएका छन भने १ को (ख) बाट गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका अञ्जु दहित र नेकपा एमालेका भक्तबहादर विक चुनावी मैदानमा रहेका छन । तत्कालिन अवस्थामा नेकपा उपाध्यक्ष बामदेव गौतमको जिल्ला भएका कारण यो क्षेत्रमा उनको मत निर्णयक बन्ने देखिएको छ ।
नेकपा विभाजनपछि राष्ट्रिय एकता अभियान चलाइरेका गौतमले असोज २५ गते एक विज्ञप्ती निकाल्दै वर्तमान परिवेशमा राष्ट्रिय एकता अभियानले निर्वाचनमा भाग लिन नसक्ने अवस्था भएका कारण संस्थागत रुपमा भाग लिन नपाएपनि नेता, कार्यकर्ता, सदस्य र समर्थक एव सुभचिन्तकहरुले व्यक्तिगत रुपमा भएपनि यो निर्वाचनमा भाग लिएर आफनो कर्तव्य पुरा गर्दै आफ्नाे मन मिल्ने उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका थिए ।
यसैबीच राष्ट्रिय एकता अभियानका केन्द्रिय सदस्य एंव जिल्ला इन्चार्ज तोफा यादवले जिल्लामा केही दिन भित्र बैठक बसेर कसरी जाने, गठबन्धनलाई सहयोग गर्ने वा नेकपा एमालेलाई सहयोग गर्ने भन्ने विषयमा निर्णय हुने बताएका छन् । अभियानको बैठकले गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने भएमा संञ्जय गौतमको जित सुनिश्चित देखिन्छ ।
नेकपा एमालेका उम्मेदवार लक्ष्मण ज्ञवालीलाई समर्थन गर्ने निर्णय भएमा लक्ष्मण ज्ञवालीले बाजी मार्ने सम्भावना अधिक छ । यसरी हेर्दा बामदेव गौतमको समर्थन कता जान्छ, त्यसले बाजी मार्ने निश्चित छ । बामदेवको एमालेसँग सम्बन्ध राम्रो नभए पनि ज्ञवाली सहोदर ज्वाई परेकाले उनैलाई सहयोग गर्ने सम्भावना धेरै देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार