उद्योगी व्यवसायीद्वारा बैंकमा तालाबन्दी गर्ने चेतवानी
नेपालबहस संवाददाता
कात्तिक १५, २०७९ मंगलबार १८:१९:३५
१५ कात्तिक, भैरहवा । रुपन्देहीका उद्योगी व्यवसायीले राज्यका लागिआफूहरु कर असुल्ने ठाउँ मात्रै रहेको भन्दै बैंकमा तालाबन्दी गर्ने चेतावनी दिएका छन् । निजी क्षेत्र तथा संघ संस्थाहरुसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागी उद्योगी व्यवसायीहरुले बैंकहरूले अत्याधिक ब्याज बढाउँदा पनि राज्य कानमा तेल हालेर बसेको आरोप लगाए ।
संयुक्त निर्वाचन प्रचारप्रसार समितिले भैरहवामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरूले पर्यटक आगमनमा सीमा लगाउने, एयरपोर्टमा अर्बौं लगानी गरेर संचालनमा नल्याउने, निजी क्षेत्रले ऋण लिएर केही गर्न खोज्दासमेत बैंकले शोषण गर्ने, कच्चा पदार्थ ल्याउनुभन्दा तयारी बस्तु ल्याउँदा कम भन्सार लगाउने जस्ता नीति छन् । यस्ता कारणले नै आर्थिक संकटको सुरुवात भएको उनीहरुको भनाइ छ ।
सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष भीष्म न्यौपानेले नेताहरू दूरदर्शी नहुँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या सृजना भएको बताए । उनले भैरहवामा जतिसक्दो छिटो आईसीपी बनाउनुपर्ने, बैंकिङ ब्याजदर तत्काल घटाउनु जरुरी रहेको बताए ।
उद्योग व्यापार संगठनका अध्यक्ष अनिल ज्ञवालीले नेपाल आउने सामानको भन्सार नगरे पनि सीमाविन्दुमा लेखाजोखा राखे पनि केही हदसम्म नियन्त्रण हुने, सरकार नै उद्योगी व्यवसायीलाई धरासायी बनाउनेतर्फ लागेकोले अब सरकारविरुद्ध आन्दोलन गरी बैंकहरुमा समेत ताला लगाउनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै नेपाल होटल एशोसियनका चन्द्र प्रकाश श्रेष्ठले बैंकले ८ प्रतिशतमा दिएको ब्याज १८ प्रतिशतमा पुर्याउनु शोषण नै रहेको भन्दै यसमा पनि सरकारको मिलामतोको आशंका गरे ।
गैसस महासंघका केन्द्रीय सदस्य, होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठन रुपन्देही अध्यक्ष बिस्नु न्यौपाने, मदिरा व्यवसायी संघका अध्यक्ष केशवराज ज्ञवाली, ट्रान्सपोर्ट व्यवसायी रामकृष्ण लोहनी, व्यवसायी नेत्रप्रसाद आचार्यलगायतले देशमा आर्थिक सुशासनमा जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
चार महिनामा ८४ अर्ब थपिएर जीडीपीको ४४ प्रतिशत पुग्यो सरकारी ऋण
मंसिर ५, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
एनपीएल खेल डिशहोम र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा लाइभ हेर्न पाइने
मंसिर १३, २०८१ बिहिबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
उखुको जुस बेचेर मनग्गे आम्दानी गर्दै पञ्चलाल
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै
मंसिर १३, २०८१ बिहिबार
बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी बेलिब्रिज
मंसिर १३, २०८१ बिहिबार