नेपालीलाई मात्र नागरिकता र एक सय खर्बको अर्थतन्त्र एमालेको लक्ष्य
नेपालबहस संवाददाता
कात्तिक १५, २०७९ मंगलबार २०:५८:२२
१५ कात्तिक, काठमाडौं । नेकपा एमालेले नेपालीलाई मात्र नाागरिकता र एक सय खर्बको आर्थिक लक्ष्यसहित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणा प्रविधिबाट सार्वजनिक गरेका हुन् ।
घोषणा पत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ । करिब २० हजार शब्द रहेको घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ । घोषणा पत्रमा सूर्य चिन्हमा किन मतदान गर्ने भन्ने कुरालाई प्रष्ट्याउने प्रयास गरिएको बताइएको छ । घोषणा पत्र सार्वजनिक भएसँगै ‘ओलीसँग लाईभ डिबेट’ पनि यहीँबाट सुरु गरेका छन् ।
घोषणापत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ । करिब २० हजार शब्द रहेको घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ । घोषणा पत्रमा सूर्य चिन्हमा किन मतदान गर्ने भन्ने कुरालाई प्रष्ट्याउने प्रयास गरिएको बताइएको छ ।
एमालेले आफ्नो घोषणापत्रमा २० वटा विषयमा ’ग्यारेन्टी’ गरेको छ । जसमा नेपालीलाई मात्र नागरिकता दिनेदेखि नेपालको अर्थतन्त्र १ सय खर्ब रुपैयाँ पु¥याउने लक्ष्य राखेको छ । त्यस्तै दस हजार लिटर पानी निःशुल्क बाँड्नेदेखि ५० युनिट बिजुली निःशुल्क बाँड्ने कुरा पनि एमालेले घोषणापत्रमा उल्लेख गरेको छ ।
एमालेले डिजिटल डिस्प्लेमा घोषणापत्रमा समेटिएको मुख्य विषयहरु प्रस्तुत गरिएको छ । एमालेले घोषणापत्रमा आगामी पाँच वर्षमा गर्ने कामलाई २० ग्यारेन्टीमा संक्षेपीकरण गरेको छ । त्यसैलाई घोषणापत्रमा व्याख्या गरिएको जानकारी दिइएको छ ।
एमालेको २० ग्यारेन्टी
१ पहिलो सेसनः समृद्धि अधिवेशन,
२. नेपालीलाई मात्र नागरिकता
३. हंगर नो लंगर
४. उत्पादन स्वदेशी: बजार विदेशी
५. सुरक्षित छाना: पुग्छ सबैको चाहना
६. कमाइ: युवाको रोजाई
७. पढाइ: भविष्यको जग बसाइ
८.सुगर प्रेसर: भइन्न बिरामी औषधि बेगर
९. फ्रि मिटर: १० हजार लिटर
१० फ्रि युनिट: ५० युनिट
११ खेतबारीमा पानी: खाडीमा हैन स्वदेशमै लगानी
१२ दिनदिनै सडक विस्तार: विकासका पूर्वाधारको आधार
१३. भूमिगत तार: सहर बजार
१४. नो लाइन: सेवा अनलाइन
१५. ५ लाख रोजगार: न्यूनतम ज्याला २५ हजार
१६. समृद्धिसँगको नाता: सबैको बैंक खाता
१७. स्वास्थ्य महिनावारी: १५ सय वर्षभरि
१८. फाइभजी सञ्चार: आइटीमा चमत्कार
१९. हामी समाजिम: सभ्य नागरिक
२० हाम्रो अर्थ: १०० वर्ष
सत्तारुढ गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)ले संविधानको रक्षालाई मूल नारा बनाएर यसअघि नै चुनावी घोषणा पत्र सार्वजनिक गरिसकेका छन् । सत्तारुढ गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)ले संविधानको रक्षालाई मूल नारा बनाएर यस अघिनै चुनावी घोषणा पत्र सार्वजनिक गरिसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
एमाले केन्द्रीय समिति बैठक आज पनि, सदस्यहरूले बोल्ने क्रम जारी
पुष २२, २०८१ सोमबार
ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि
पुष २२, २०८१ सोमबार
पाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्दै गोरखा नगरपालिका
पुष २२, २०८१ सोमबार
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
पुष २२, २०८१ सोमबार
तराईमा शीतलहर, कठ्याग्रिँदो जाडोले जनजीवन प्रभावित
पुष २२, २०८१ सोमबार