निर्वाचनको १५ दिन अघिदेखि मतगणना नसकिएसम्म मदिरा किनबेचमा रोक
नेपालबहस संवाददाता
कात्तिक १५, २०७९ मंगलबार २१:२०:०
१५ कात्तिक, जुम्ला । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको केही समयअघि र पछि जुम्लामा मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको छ । निर्वाचन आचार संहिताको विषयका बारे छलफल गर्न बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले २० कात्तिकदेखि मतगणना नसकिएसम्म मदिरा किनबेचमा रोक लगाउने निर्णय गरेको हो ।
शान्ति सुरक्षा कायम गर्न यस अवधिभर मदिरा बेचबिखन तथा सेवनमा रोक्ने लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले जानकारी दिइन् । यस्तै, चन्दननाथ नगरपालिकाको कृष्ण मन्दिर र जिल्ला प्रशासन कार्यालय आसपासमा आमसभा, नारा जुलुस, भिडभाड नगर्ने नगराउने लगायत बिषयमा निर्णय भएको छ ।
जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकारी विष्णुप्रसाद गौतमको उपस्थितिमा बसेको बैठकले निर्वाचनमा समन्वय सहकार्य गर्नेदेखि विभिन्न निर्णय गरेको छ । बैठकमा जिल्ला निर्वाचन अधिकारी महेश शर्माले निर्वाचन आचारसंहिताको विषयमा जानकारी दिए ।
यसैगरी १८ कात्तिकदेखि १ मंसिरसम्म प्रचार प्रसार र विभिन्न कार्यक्रम गर्न पाईने निर्वाचन आयोगको निर्देशन रहेको निर्वाचन कार्यालय जुम्लाले जानकारी दिएको छ । त्यस अवधिमा आमसभा, कोणसभा, जुलुस गर्न पाए पनि १ मंसिरपछि गर्न पाईने छैन् । यसैगरी २५ भन्दा बढी मानिस भेला हुन नपाउने आचार संहितादेखि मतदान केन्द्र, कर्मचारी खटनपटनको विषयमा छलफल भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
एमाले केन्द्रीय समिति बैठक आज पनि, सदस्यहरूले धारणा राख्ने क्रम जारी
पुष २२, २०८१ सोमबार
ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि
पुष २२, २०८१ सोमबार
पाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्दै गोरखा नगरपालिका
पुष २२, २०८१ सोमबार
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
पुष २२, २०८१ सोमबार
तराईमा शीतलहर, कठ्याग्रिँदो जाडोले जनजीवन प्रभावित
पुष २२, २०८१ सोमबार