तोसिमा कार्कीको रिटमा सुनुवाई जारी
नेपालबहस संवाददाता
कात्तिक १५, २०७९ मंगलबार २१:३०:५३
१५ कात्तिक, काठमाडौं । निर्वाचन आयोगको निर्णय खारेजीको लागि अन्तरिम आदेशको मागसहित सर्वोच्च अदालतमा दायर डा. तोसिमा कार्कीको रिट निवेदनमाथि सुनुवाई शुरु भएको छ ।
न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा पेसीको रोलक्रम १०औं नम्बरमा परेको रिटमा अहिले सुनुवाई जारी रहेको छ ।
सुनुवाईपछि आजै रिट निवेदकको माग बमोजिम निर्वाचन आयोगको निर्णय कार्यान्वयन रोक्नेबारे अल्पकालीन वा अन्तरिम आदेश के दिने ? भन्नेबारे टुंगो लाग्नेछ ।
रिट निवेदक कार्कीले ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट दर्ता भएको उम्मेदवारीलाई निर्वाचन आयोगले लाभको पदमा रहेर उम्मेदवार बन्न नपाउने जनाउँदै खारेज गरिदिएपछि खारेजी निर्णयलाई बदरसहित अन्तरिम आदेशको मागसहित आइतबार सर्वोच्चमा रिट दायर गराएकी थिइन् ।
अहिले कार्कीको पक्षबाट कानुन व्यवसायीहरुले बहस गरिरहेका छन् । रिट जारी भएमा कार्कीको उम्मेदवारी कायम रहनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलेखा समिति सभापतिका पुर्व पीए पोखरेल ५ दिन हिरासतमा बस्ने
पुष २५, २०८१ बिहिबार
रविको मुद्दाको आदेश आउने भएपछि कास्की जिल्ला परिसरमा सुरक्षा ब्यवस्था कडा
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आगामी माघ २२ देखि कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने
पुष २६, २०८१ शुक्रबार
‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार
कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ?
पुष २६, २०८१ शुक्रबार
जोमसोमको पुरानो झोलुङ्गे पुल
पुष २६, २०८१ शुक्रबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टिमको बिदाई
पुष २६, २०८१ शुक्रबार
पुटिनसँग भेटवार्ताको चाँजोपाँजो मिलाइरहेको ट्रम्पको दाबी
पुष २६, २०८१ शुक्रबार