शुक्रबारदेखि राजनीतिक दललाई चुनावी सभा गर्न खुल्ला, निर्वाचन आचारसंहिताको पालना भने अनिवार्य
नेपालबहस संवाददाता
कात्तिक १६, २०७९ बुधबार १७:२३:२७
१६ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले शुक्रबार कात्तिक १८ गतेदेखि मंसिर १ गतेसम्म देशव्यापी रुपमा चुनावमा भाग लिएका राजनीतिक दलहरुले प्रचारप्रसार र आमसभा गर्न पाउने बताएको छ । चुनाव प्रचारका लागि सानादेखि ठूला सभासम्म गर्न पाइने भएपनि निर्वाचन आचारसंहितको पालनामा भने दलहरु र तिनका उम्मेदवारहरुले ध्यान दिनुपर्नेछ ।
राजनीतिक दलहरुले शुक्रबारबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै विभिन्न जुलुस, आमसभा र कोणसभाका कार्यक्रमहरुसमेत तयार गरेका छन् । यसै क्रममा नेकपा एमालेले १८ गतेदेखि सुदूरपश्चिम प्रदेशको दार्जुला जिल्लाबाट देशव्यापी चुनावी अभियान सुरु गर्दैछ । यसको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गदैछन् ।
यसअघि सत्ता गठबन्धनमा आवद्ध दलहरुले सातै प्रदेशमा संयुक्त प्रदेशस्तरीय अगुवा कार्यकता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेका छन् । अब सत्ता गठबन्धनमा रहेका दलहरुले पनि देशका मुख्या मुख्य शहरमा संयुक्त आमसभा गर्ने तयारी गरिरहेको बताएका छन् । आगामी मंसिर ४ गतेको निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा सत्ता गठबन्धन र नेकपा एमालेको नेतृत्वमा विपक्षी गठबन्धन बनेर प्रतिस्पर्धा गर्दै छन् ।
निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पनि उम्मेदवारहरूले आगामी कात्तिक १८ देखि मंसिर २ गतेसम्मको अवधिमा कोणसभा, आमसभा, गोष्ठी, सेमिनार गरेर निर्वाचन प्रचारप्रसार गर्न पाउने बताएका छन् । उनले कात्तिक ५ देखि १७ गतेसम्मको घरदैलो अभियान सकिएपछि १८ गतेबाट मंसिर १ गतेसम्म कोणसभा, आमसभा, गोष्ठी, सेमिनार लगायतका प्रचारका समय तया गरिएको बताएका छन् ।
उनले निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको बताए । उक्त दफा १३ को (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसार अन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था गरिएको छ ।
आचारसंहिता बमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफै वा प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेश गर्नुपर्नेछ । दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको ¥याली गर्दा बढीमा दशवटा राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने नियम आयोगले बनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
एमाले केन्द्रीय समिति बैठक आज पनि, सदस्यहरूले बोल्ने क्रम जारी
पुष २२, २०८१ सोमबार
ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि
पुष २२, २०८१ सोमबार
पाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्दै गोरखा नगरपालिका
पुष २२, २०८१ सोमबार
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
पुष २२, २०८१ सोमबार
तराईमा शीतलहर, कठ्याग्रिँदो जाडोले जनजीवन प्रभावित
पुष २२, २०८१ सोमबार