स्याङ्जा-२ मा कांग्रेस र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा, कसको होला पल्लाभारी ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०७९ बुधबार १८:२१:३८
१६ कात्तिक, स्याङ्जा । आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा स्याङ्जा क्षेत्र नं २ को चुनावी मुद्दाले भने फरक रुप लिँदै गएको छ । यस क्षेत्रमा भ्रष्ट्राचार चुनावको मुल मुद्दा बनेको छ । यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ र एमालेका तर्फबाट पार्टी केन्द्रीय सचिव पद्माकुमारी अर्याल प्रतिस्पर्धामा छन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवार गुरुङले चुनाव प्रचारको मुख्य मुद्दा भ्रष्ट्राचारलाई बनाएका छन् । उनले आफुले भ्रष्ट्राचार नगर्ने, गर्न नदिने र भ्रष्ट्राचार गर्ने भ्रष्ट्राचारीलाई नसहने जस्ता मुद्दा मतदातामाझ कडा रुपमा राखेका छन् । स्याङ्जा २ को निर्वाचन प्रचारका क्रममा गठबन्धनका साझा उम्मेदवार गुरुङले विषय किटान नगरी नै भ्रष्ट्राचारबिरुद्ध आफ्नो उम्मेदवारी भएको बताइरहेका छन् । चुनावको मुख्य नारा भ्रष्ट्राचारबनाएका गुरुङ अहिलेसम्म लाभको पदमा बसेका छैनन् ।
२०७४ सालको निर्वाचनमा तत्कालीन उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई पराजित गरेर चर्चा कमाएकी नेकपा एमालेकी नेतृ एवं पूर्वमन्त्री पद्मा अर्याल आगामी मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा पुनः उम्मेदवार बनेर आएपछि उनले आफ्नो कार्यकालमा गरेका विकासका कामको लामो फेरहिस्ती सार्वजनिक गरिरहेकी छन् । अर्याल एमालेकी केन्द्रीय सचिव एवं पूर्वमन्त्री हुन् । यसपटक उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ बनेका छन् । गुरुङको इमान्दार छविका कारण पनि स्याङ्जाको क्षेत्र नम्बर २ अहिले चुनावी माहोल रोचक र सोचक बनेको छ ।
धनराजको आफ्नै निर्वाचन क्षेत्र भने १ नम्बर हो । अर्जुनचौपारी गाउँपालिका घर भएका उनी क्षेत्र नम्बर दुईबाट उम्मेदवार बनेका हुन् । केही समयदेखि उनी भ्रष्ट्राचारको बिरोधमा खरो रूपमा उत्रिने गरेका छन् । भ्रष्ट्राचारबिरोधी गतिविधि नै उनका चुनावी एजेन्डा हुन् । भाषणमा आदर्श र मूल्यका कुरा गरिरहने गुरुङले अघिल्ला निर्वाचनमा प्रत्यक्ष चुनाव भने लड्ने अवसर पाएका थिएनन् ।
तर, यतिबेला पार्टीको केन्द्रीय उपसभापति बन्दै गर्दा सम्भावना बोकेको राष्ट्रिय नेताका रूपमा गुरुङलाई जनताबाट प्रत्यक्ष अनुमोदित हुनुपर्ने बाध्यता थियो । जसका कारण उनी चुनावी मैदानमा उत्रिएका हुन् । २०६४ र २०७० मा समानुपातिक सांसद बनेका गुरुङले यो पटक प्रत्यक्षबाट टिकट पाएका छन् ।
जिल्लामा यसअघि गोपालमान श्रेष्ठकै हालीमुहालीका कारण पार्टीभित्रै फरक धारको नेता भएकाले उनले अवसर पाएका थिएनन् । पार्टीको जिल्ला अधिवेशनमा केन्द्रमा एउटै गुटका भएपनि स्याङ्जाका हकमा फरक धारमा उभिएका राजु थापाले सभापति पद जितेका थिए । यसपछि जिल्लामा गोपालमानलाई पछि पार्दै कोइराला लाइनसँग सहकार्य गरेका राजु थापाको लाइन अघि बढेको छ ।
१२ र १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका गुरुङ कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय उपसभापति पदमा निर्वाचित भएका हुन् । २०४८ सालको आम निर्वाचनमा कांग्रेस नेता स्वर्गीय रुद्रमान गुरुङसँग चुनावी अभियानमा सँगै जिल्ला दौडाहामा निक्लेका गुरुङ त्यसपछि केन्द्रीय राजनीतिमै रमाए । संविधानसभामा जातीय संगठन ’ककस’ को प्रभाव तीव्र हुँदा उनले जातीय मुद्दालाई मात्र लिएर कहिल्यै हिँडेनन् । उनी स्पष्ट आफ्ना कुरा राख्न सक्ने नेताका रूपमा परिचित छन् ।
चितवनमा भएको महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएकी थिइन् पद्मा अर्याल । एमालेको इतिहासमा दोस्रो महिला जिल्ला अध्यक्ष हुने अवसर पाएकी पद्माले बहालवाला उपप्रधानमन्त्रीलाई हराएसँगै केन्द्रीय राजनीतिमा चर्चा बटुलिन् र लगातार प्रभावशाली मन्त्रालयहरु हाक्ने अवसर पाइन् । अर्याल दोस्रो संविधानसभामा समानुपातिक सभासद भएकी थिइन् । कांग्रेसका प्रभावशाली नेता गोपालमान श्रेष्ठलाई हराएपछि अर्यालको राष्ट्रिय राजनीतिमा आजसम्म पनि चर्चा छ ।
गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको नतिजामा भने स्याङ्जा–२ मा कांग्रेस अगाडि छ । गत स्थानीय निर्वाचनमा चापाकोट र गल्याङ नगरपालिकामा कांग्रेसले मेयर र उपमेयरसहित विजय हासिल गरेको थियो । वालिङमा मेयरमा दीलिपप्रताप खाँणलाई हराउँदै एमालेका कृष्ण खाँण विजयी भएका छन् । दीलिपप्रताप पूर्वमेयरसमेत हुन् ।
अर्याल र गुरुङको क्षेत्र कालीगण्डकी गाउँपालिकामा तुलनात्मक रूपमा एमालेको प्रभाव बढी देखिन्छ भने चापाकोट र भीरकोटमा कांग्रेस । वालिङ र गल्याङमा दुवैको कडा प्रतिस्पर्धा छ । अघिल्लो निर्वाचनमा पद्मालाई माओवादीका भोट सारथि बनेका थिए भने यसपटक माओवादीको भोट गठबन्धनका कारण धनराजलाई जानेछ ।
यसो त, सत्तारुढ गठबन्धनबाट २ को क मा उम्मेदवारी दिएका कांग्रेसका पुराना नेता भोजराज अर्याल प्रतिस्पर्धामा छन् । नेपाली कांग्रेसभित्र त्याग, निष्ठा र इमानको राजनीति गर्दै आएका सादगी नेता भोजराज अर्यालको प्रदेशसभामा उम्मेदवारीले पनि कांग्रेसमा एकता र उत्साहको वातावरण बनेको छ । यता एमालेबाट पूर्व प्रदेशसभा सदस्य मोहनप्रसाद रेग्मी उम्मेदवार बनेका छन् । २ को ख मा एमालेबाट बुद्धिमान श्रेष्ठ र गठबन्धनबाट कांग्रेसका यूवानेता महेश भट्टराई प्रतिस्पर्धी छन् । प्रदेशसभा २ क मा भोजराजको विजय निश्चित प्राय रहेको छ ।
धनराज र भोजराजको पार्टीभित्र लाइन एउटै भएपनि भट्टराई भने देउवा लाइनका हुन् । पार्टीभित्र पनि टिकट दिने क्रममा सबैलाई मिलाएकाले यसपटक कांग्रेसका भोट बाहिर नजानेमा गठबन्धन ढुक्क छन् । यता, एमालेकी पद्मा पनि धनराजको गृहजिल्लामा बलियो पकड नभएकाले नजिता आफ्नै हातमा पार्ने दाउमा छिन् ।
क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङ पनि चुनावी मैदानमा छन् । उनले निर्णायक मत ल्याउन नसके पनि हराउने भूमिकाका मतमा भने प्रभाव पार्न सक्ने स्थानीयहरु बताउँछन् । यस्तै हालसालै मात्र कांग्रेस परित्याग गरी राप्रपाबाट उम्मेदवारी दिएका लालगोपाल अर्यालले पनि कांग्रेस र एमालेका मत काट्ने अनुमान गरिँदैछ । यसरी समग्रमा हेर्दा आसन्न प्रतिनिधिसभा स्याङ्जा २ को निर्वाचन कस्को पक्षमा जान्छ, यसै भन्न सकिने अवस्था छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
पाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्दै गोरखा नगरपालिका
पुष २२, २०८१ सोमबार
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
पुष २२, २०८१ सोमबार
तराईमा शीतलहर, कठ्याग्रिँदो जाडोले जनजीवन प्रभावित
पुष २२, २०८१ सोमबार
अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्रामा घटबढ
पुष २२, २०८१ सोमबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार