निर्वाचन आयोगले भन्यो, ‘प्रधानमन्त्रीलाई डडेल्धुरा जान रोक छैन्’
नेपालबहस संवाददाता
कात्तिक १६, २०७९ बुधबार १८:२७:१७
१६ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निर्वाचन क्षेत्र डडेल्धुरा जान अनुमति दिएको छ । आयोगले सरकारी खर्च जाँदा निर्वाचन आचारसंहिता उल्लंघन हुने भएकाले अनुमति दिन नसकिएको भन्दै व्यक्तिगत वा पार्टीको खर्चमा प्रधानमन्त्री देउवालाई डडेल्धुरा जान नरोकिएको बताएको छ ।
यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पत्र पठाएर प्रधानमन्त्री देउवा डडेल्धुरा जाने अनुमति मागेको थियो । त्यतिबेला आयोगले सरकारी स्रोत साधन प्रयोग गरेर जान नपाइने भन्दै अनुमति दिएको थिएन । तर देउवाले व्यक्तिगत वा पार्टीको खर्चमा डडेल्धुरा जान अनुमति मागेपछि स्वीकृति दिएको आयोगको भनाइ छ ।
आयोगका एक अधिकारीले भने, ‘सरकारी स्रोत साधन प्रयोग नगरी व्यक्तिगत वा पार्टीको खर्चमा डडेल्धुरा जाने गरी अनुमति माग भएको छ, आयोगले मौखिक रुपमा अनुमति दिइसकेको छ, पत्र पठाउने प्रक्रिया बाँकी छ ।’ यसअघि आयोगले सरकारी खर्चमा प्रधानमन्त्री देउवालाई चुनावी अभियान अन्तर्गत डडेल्धुरा जाने यात्रा स्थगित गर्न भनेको थियो ।
प्रधानमन्त्री देउवा सरकारी खर्चमा निर्वाचन प्रचारप्रसारका लागि डडेल्धुरा जाने तयारीमा गरेको भन्दै यो आचारसंहित विपरित भएकोले अनुमति दिन नसकिने आयोगको भनाइ छ । गृह जिल्ला डडेल्धुरा जानका लागि देउवाले यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत आयोगसँग अनुमति मागेका थिए ।
अनुमतिका लागि निर्वाचन आयोगमा पत्र पठाएपछि उक्त पत्रको सम्बोधन गर्दै निर्वाचन आयोगको बैठक बसेको सो बैठकले सरकारी खर्चमा प्रचारप्रसारका लागि यात्रा नगर्न÷नगराउन निर्देशन दिने निर्णय गरेको आयोग स्रोतको भनाइ छ ।
निर्वाचन आयोगका एक कर्मचारीले नेपालबहसलाई भने, ‘उहाँ सरकारी खर्चमा जाने तयारीका साथ अनुमतिका लागि चिठ्ठी आएको रहेछ । आयोगले बुझ्दा उहाँ सरकारी कामका लागि नभई प्रचारप्रसारकै लागि जान खोजेकोले अनुमति दिन नसक्ने भन्ने निर्णय बैठकले गरेको हो । ’
आयोगले यसअघि प्रधानमन्त्री र मन्त्रीहरूलाई आफू उम्मेदवार भएको क्षेत्रबाहेक अन्यत्र प्रचारमा जान नदिने भनी आचारसंहितामा व्यवस्था गरेको थियो । चौतर्फी दवावपछि सरकारी स्रोतसाधन प्रयोग नगर्ने गरी आयोगको अनुमतिबाट मात्रै जान पाउने व्यवस्था परिमार्जन गरेको हो ।
प्रधानमन्त्री देउवा बुधबार नै आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको डडेल्धुरा जाने तयारीमा थिए । बिहीबारदेखि उनको चुनावी कार्यक्रम तय गरिएको थियो । यसअघि पनि अयोगले कसको खर्चमा सरकारका उच्च अधिकारीहरु भ्रमण गरिरहेका छन भन्ने कुराको लेखा राख्न आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार
जनताको पक्षमा काम गर्न नसकेका दलहरुका शीर्ष नेतृत्व छट्पटाउन थालेका हुन् ?
पुष २३, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
छिन्नमस्ता गाउँपालिकाले किसानको विद्युत बिल तिरिदिने
पुष २३, २०८१ मंगलबार