अवैध लागू औषधसहित ५ जना पक्राउ
नेपालबहस संवाददाता
कात्तिक १६, २०७९ बुधबार १८:४२:१
१६ कात्तिक, काठमाडौं । कास्की, कैलाली र बाँकेबाट अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । कास्कीको पोखरा महानगरपालिका-३० पावरहाउस चोकबाट अवैध लागूऔषध गाँजा ५ केजी सहित सोही महानगरपालिका–१५ घलेचोक बस्ने १९ वर्षीय सलिन खानलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले नारायणगढबाट पोखरातर्फ आउँदै गरेको ग २ ख २४६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार खानलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
बाँकेको डुडुवा गाउँपालिका-५ बाट ६ सय मिलिग्राम ब्राउनसुगरसहित सोही गाउँपालिका–४ खाले मसाह बस्ने ३६ वर्षीय जगदिश कुमार वर्मा समेत २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कम्दीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका-२ त्रीनगर व्यारेल नजिकबाट ५ सय ५० मिलिग्राम ब्राउनसुगरसहित गोदावरी नगरपालिका-५ बस्ने ३० वर्षीय कृष्ण सुनार समेत २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभुटानी शरणार्थी प्रकरणः प्रतीकको मुद्दामा कैफियत प्रतिवेदन मगाउन सर्वोच्चको आदेश
पुष २२, २०८१ सोमबार
हेटौंडाबाट गैँडाको खागसहित तस्कर पक्राउ
पुष ११, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
जोमसोमको पुरानो झोलुङ्गे पुल
पुष २६, २०८१ शुक्रबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टिमको बिदाई
पुष २६, २०८१ शुक्रबार
पुटिनसँग भेटवार्ताको चाँजोपाँजो मिलाइरहेको ट्रम्पको दाबी
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसमा फैलिएको भीषण डढेलोमा परी १० जनाको मृत्य
पुष २६, २०८१ शुक्रबार
खाद्य गोदामबाट चामल वितरण सुरु भएसँगै नागरिकलाई सहज
पुष २६, २०८१ शुक्रबार