चितवनमा पूर्ण स्तनपान गराउनेको सङ्ख्या बढ्दै
नेपालबहस संवाददाता
कात्तिक १६, २०७९ बुधबार १९:२:२९
१६ कात्तिक, चितवन । जिल्लामा नवजात शिशुलाई नियमित स्तनपान गराउनेको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो तीन वर्षको तथ्याङ्कलाई हेर्दा शिशु जन्मिएपछि छ महिनासम्म पूर्ण स्तनपान गराउनेको सङ्ख्या बढ्दै गएको हो ।
स्वास्थ्य कार्यालय चितवनले प्रकाशन गरेका वार्षिक प्रगति प्रतिवेदनअनुसार जिल्लामा गत आर्थिक वर्षमा ३० प्रतिशत बालबालिकाले छ महिनासम्म पूर्ण स्तनपान गरेका छन् । यो सङ्ख्या आर्थिक वर्ष २०७७÷७८ मा १९ दशमलव ३ प्रतिशत रहेको थियो भने आर्थिक वर्ष २०७६÷७७ मा यो सङ्ख्या १७ दशमलव २ प्रतिशत रहेको थियो ।
यस्तै तीन आर्थिक वर्षमा छ महिनापछि पूरक खाना खुवाउनेको सङ्ख्या पनि बढ्दो क्रममा रहेको कार्यालयको तथ्याङ्कले जनाएको छ । कार्यालयका जनस्वास्थ्य अधिकृत गीतागञ्जली ढकालका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा पूरक खाना खुवाउनेको सङ्ख्या ३२ दशमलव ६ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७७÷७८ मा यो सङ्ख्या १७ दशमलव ९ प्रतिशत रहेको थियो भने २०७६÷७७ मा १४ दशमलव ९ प्रतिशत थियो ।
कार्यालयका गरेको वृद्धि अनुगमनका क्रममा १ दशमलव २ प्रतिशत बालबालिकामा कम तौल भएको पाइएको ढकालले जानकारी दिए । कम तौल हुनेमा राप्ती नगरपालिकामा धेरै रहेका छन् । आर्थिक वर्ष २०७७÷७८ मा यस पालिकामा १० दशमलव ६ प्रतिशत बालबालिकामा कम तौल रहेको थियो भने आर्थिक वर्ष २०७८÷७९ मा ३ दशमलव ५ मा झरेको छ । यो सङ्ख्या आर्थिक वर्ष २०७६÷७७ मा ६ दशमलव ६ प्रतिशत रहेको थियो ।
शिशु जन्मिएको छ महिनासम्म नियमित स्तनपान गराउँदा स्वस्थ पौष्टिक तत्व पाउने भरतपुर अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. खेमराज पौडेलले जानकारी दिए । उनका अनुसार नियमित आमाको दूध सेवनले बच्चामा रोगसँग लड्नसक्ने क्षमता वृद्धि गर्ने, अन्य रोगको सङ्क्रमण कम हुने, बच्चाको वृद्धि विकास छिटो हुने गर्दछ ।
आमाले आफ्नो शरीरको बनावट बिग्रने बहानामा बच्चालाई दूध खुवाउन छाड्ने गरेको भन्दै उहाँले त्यसो गर्नु बाल स्वास्थ्यका लागि नराम्रो भएको उनको भनाइ छ । छ महिनापछि पूरक खाना खुवाउँदा बच्चालाई थप पोष्टिक तत्व लिटो, जाउलो, भैँसीको दूध खुवाउँदा बालबालिका बढ्न सहयोग पुग्ने उनले बताए ।
आमाको दूधबाट अपुग हुने पदार्थको पूरक खानाबाट मिल्ने गरेको पौडेलले बताए । उनले भने, “छ महिनापछि आमाको दूधले पौष्टिक तत्व पुग्दैन । यसका लागि पूरक खाना खुवाउनु पर्छ ।” शारीरिक तथा मानसिकरुपमा वृद्धि विकासका लागि पूरक खाना आवश्यक रहेको उनले बताए । बच्चाको खानपानमा ध्यान नदिँदा तौलम कमी आउने डा पौडेलले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
अन्नपूर्ण आधार शिविर र पदमार्गमा सरसफाइ
मंसिर १, २०८१ शनिबार
चिसो बढेपछि लिमी सीमा प्रहरी चौकी सिमकोटमा स्थानान्तरण
मंसिर १, २०८१ शनिबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
मादी नदीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति
मंसिर १, २०८१ शनिबार
जुनको उज्यालोमा मकै सुकाउने पर्व
मंसिर १, २०८१ शनिबार
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
मंसिर १, २०८१ शनिबार