एक वृद्धासहित ४ जना मृत फेला
नेपालबहस संवाददाता
कात्तिक १६, २०७९ बुधबार १९:७:५२
१६ कात्तिक, काठमाडौं । देशका विभिन्न स्थानमा गरी एक वृद्धासहित चार जना मृत अवस्थामा फेला परेका छन् ।
पाँचथरको फिदिम नगरपालिका–६ सिवा घर भई हाल हिलिहाङ गाउँपालिका–६ गुराँसे नागि डेरा गरी बस्ने ४५ वर्षीय टिका राई आफ्नै डेराको भान्सा कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी पाँचथरको याङवरक गाउँपालिका–३ ओयम बस्ने २८ वर्षीय सन्तोष राई सोही ठाउँस्थित खानक्लेटार जंगलमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
गत आइतबार घरबाट हिँडेका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त जंगलमा शव फेला परेको हो । घटनास्थलबाट प्रहरीले १ थान भरुवा बन्दुक समेत बरामद गरेको छ ।
खोटाङको केपिलासगढी गाउँपालिका-३ बाँसपानि बस्ने ८५ वर्षीया फुलसरी राई आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका-२ कुमलगडीस्थित बाटोको छेउमा सोही उपमहानगरपालिका–१ भम्के बस्ने ७० वर्षीय तुल्सीराम भण्डारी मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजीपको ठक्करबाट एक जनाको मृत्यु
पुष २६, २०८१ शुक्रबार
धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना, चालक र सहचालकको मृत्यु
पुष २६, २०८१ शुक्रबार
आगलागीमा परी एक जनाको मृत्यु
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
चीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार
राजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका विभिन्न २० विभागमा सचिव मनोनयन ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार