सन्दीपको मुद्दामा थुनछेक बहस सुरू
नेपालबहस संवाददाता
कात्तिक १६, २०७९ बुधबार १९:२४:३६
१४ कात्तिक, काठमाडौं । एक नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेको थुनछेक बहस काठमाडौं जिल्ला अदालत बबरमहलमा सुरू भएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा थुनछेक बहस सुरू भएको हो । मंगलबार उक्त इजलासले लामिछानेको बयान लिएको थियो।
सुरूमा सरकारी वकिलले पीडितको पक्षबाट र त्यसपछि सन्दीपका वकिलहरूले बहस गर्नेछन्। सरकारी वकिलको कार्यालयले सन्दीप लामिछानेविरूद्धको मुद्दा सोमबार अदालतमा दर्ता गरेको थियो।
महानगरीय प्रहरी काठमाडौंको गौशाला वृत्तमा सन्दीपविरूद्ध किशोरीले दिएको जबरजस्ती करणी गरेको जाहेरीका आधारमा प्रहरीले उनलाई असोज २० मा पक्राउ गरी अनुसन्धान गरेको थियो। मुद्दामा लामिछानेलाई १२ कैद सजाय र पीडितलाई उचित क्षतिपूर्तिको मागदाबी गरिएको छ ।
जाहेरीमा लामिछानेमाथि किशोरीलाई भदौं ५ गते राति काठमाडौंको पिंगलास्थानस्थित काठमाडौं इन होटलको ३०५ नम्बर कोठामा बलात्कार गरेको आरोप लगाइएको छ । तर लामिछानेले भने आफू निर्दोष रहेको बयान दिँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
सहकारीका प्रबन्धकलाई कुटपिट गर्ने पाँच जना पक्राउ
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ?
पुष २६, २०८१ शुक्रबार
जोमसोमको पुरानो झोलुङ्गे पुल
पुष २६, २०८१ शुक्रबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टिमको बिदाई
पुष २६, २०८१ शुक्रबार
पुटिनसँग भेटवार्ताको चाँजोपाँजो मिलाइरहेको ट्रम्पको दाबी
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसमा फैलिएको भीषण डढेलोमा परी १० जनाको मृत्य
पुष २६, २०८१ शुक्रबार