चुनाव बिथोल्नेबिरुद्ध सरकार कडा एक्सनमा जान्छः गृहमन्त्री
नेपालबहस संवाददाता
कात्तिक १६, २०७९ बुधबार २१:८:३३
१६ कात्तिक, रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँणले आगामी मंसिर ४ को प्रदेश र प्रतिनिधिसभा निर्वाचन विथोल्न खोज्ने कुनै पनि राजनीकित दल वा समूहका विरुद्ध सरकार कडा भन्दा कडा एक्सनमा जाने बताएका छन् । उनले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउनका लागि सरकार तम्तयार रहेको भन्दै यसलाई विथोल्न खोज्नेमाथि कडा कारवाही हुने बताएका छन् ।
लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले कुनै दल वा समूहका नाममा निर्वाचन विथोल्न र जनताको आफ्ना नेता चुन्ने पाउन अधिकार खोस्ने काम सरकारलाई सैह्य नहुने बताए । उनले कुनै दल वा समूहलाई निर्वाचनमा भाग नलिने अधिकार भएको तर, निर्वाचन बिथोल्ने अधिकार नभएकाले यस्ताविरुद्ध सरकार कारवाही जाने बताए ।
खाँणले यो निर्वाचन कुनै दल वा नेतालाई जिताउने र हराउनेभन्दा पनि देशमा प्राप्त अधिकारको संरक्षण गर्न र नागरिकको जीवनस्तर बदल्नका लागि राष्ट्रिय अभियान भएको बताए । उनले भने, ‘जनताले आफ्नो अधिकार प्रयोग गरेर आफूले चाहेको दल र नेता जिताउने र उनीहरुको माध्यमबाट प्राप्त अधिकार संरक्षण गर्ने, विकासको ढोका खोल्ने र जीवनस्तर फेर्ने अवसर हो । यसैले कुनै दल वा समूहलाई निर्वाचन विथोल्ने र नागरिकको अधिकार खोस्ने अधिकार छैन ।’
गृहमन्त्री खाँणले निर्वाचन विरोधी समूहलाई पनि राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन सरकारले पहल थालिरहेको बताए । ‘हामी मिल्नेसम्म लचक भएका छौं, कानुन संशोधन गरेर हुन्छ कि ऐन तर्जुमा गरेर हुन्छ सबै दललाई मूलधारमा ल्याउन र विरोधी समूहका मागहरु सम्बोधन गर्ने प्रयासमा छौं,’ उनले भने ।
खाँणले सरकार भयरहित, शान्तिपूर्ण, स्वतन्त्र र भयरहित निर्वाचन गराउन प्रतिबद्ध भएको बताउँदै त्यसअनुसार जुट्न सुरक्षाकर्मीहरुलाई निर्देशन दिए । ढुक्कसँग मतदानस्थलसम्म पुगेर आफूले रोजेको व्यक्तिलाई मतदान गरेर फर्कन सक्ने वातावरण बनाउन आवस्यक पर्ने सबै कदम चाल्न उनले निर्देशन दिए । सुरक्षा व्यवस्थापनमा कुनै कसर बाँकी नराख्नू भन्दै खाँणले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्ने भनेकाले उसमाथि विशेष निगरानी राख्नुपर्ने बताए ।
गृह मन्त्रालय र आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय लुम्बिनी प्रदेशले आयोजना गरेको सुरक्षा गोष्ठीमा प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख सशस्त्र, नेपाली सेना र अनुसन्धानका अधिकारीहरू सहभागी थिए । उनीहरुले दिनभर सुरक्षा छलफल गरेर सुरक्षा योजना बनाउने प्रदेशका आन्तरिक मामिला सचिव कोमलप्रसाद धमलाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार